वीरगञ्जका मेयर सिंह विरुद्ध उच्च अदालतमा परमादेश दर्ता



वीरगञ्ज, बैशाख ३० । वीरगञ्ज महानगरपालिकाका मेयर राजेश मान सिंह विरुद्ध उच्च अदालत जनकपुर वीरगञ्जमा परमादेश दर्ता भएको छ । वीरगञ्ज महानगरपालिका–३ का भुपेन्द्रमान सिंह श्रेष्ठका छोरा मेयर सिंहले अर्काकी छोरीको नक्कली बाउ बनेर नागरिकता किर्ते गरेको प्रकरणमा प्रहरी प्रशासनले कारवाही प्रक्रिया अगाडि बढाउनमा ढिलाई गरेको भन्दै उच्च अदालत जनकपुर अस्थायी इजलाश वीरगञ्जमा परमादेश दर्ता भएको छ ।

अर्काकी छोरीलाई आफै बाऊँ बनेर जन्मदर्ता देखी सिफारिससम्म किर्ते कागजात बनाएर नागरिकता दिलाई दिएका मेयर सिंह विरूद्ध कारवाही प्रक्रिया अगाडि नबढाएको भन्दै उच्च अदालतमा परमादेश दर्ता गराएको छ ।

मंगलबार विहान दर्ता गराएको परमादेशमा जिल्ला प्रहरी कार्यालय पर्सा, जिल्ला सरकारी वकिल कार्यालय पर्सा, र पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रलाइ विपक्षी बनाइएको छ ।

परमादेश पत्रमा २०८० साल फागुन २४ गते मुद्दा दर्ता नम्बर ८३४ भएको नागरिकता सम्बन्धि कसुर तथा दर्ता नम्बर ८३७ को लिखत सम्बन्धीको कसुरमा १४ महिना वितिशक्दा समेत कुनै पनि कारवाही प्रक्रिया अगाडि नबढाएको उल्लेख छ ।

पद र पैसाको बलमा मेयर सिंहबारे गृहमन्त्रालयको छानविन समिति र जिल्ला अदालतमा पेश गरेको जन्मदर्ता लगायतको किर्ते कागजातको आधार बनाएर जिल्ला प्रहरी कार्यालयमा फैजदारी अभियोगको मुद्दा दर्ता गराउन खोज्दा समेत प्रहरीले दर्ता गरेका थिएनन् । तत पश्चात सरकारी वकिलको कार्यालयले फागुन ३ गते जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिदै उजुरी दर्ता गरी आवश्यक कारवाही प्रक्रिया अगाडि बढाउन आदेश दिएपनि २१ दिनपछि फागुन २४ गते दर्ता गरेको थियो ।

उजुरी दर्ता गरे पनि पटक पटक जाहेरेबारे सोधखोज गर्दा विपक्षीले हालसम्म कुनै प्रक्रिया अगाडि नबढाइ पद र पैसाको बलमा कानूनी शासनको खिल्ली उडाएको आरोप लगाएको छ ।

परमादेशमा नेपालको संविधान धारा १८ को उपधारा १ मा सवै नागरिक कानूनको दृष्टिमा समान हुनेछन । कसैलाई कानूनको समान संरक्षणबाट वचित गरिने छैन भन्ने व्यवस्था छ । यसैगरी विपक्षीहरुले नेपाल संविधानको धारा १८ द्वारा प्रदत अधिकारमा समेत आघात पार्ने गरी कानूनद्वारा निर्दिष्ट काम कर्तव्य समेत नगरी विमुख भएको आरोप लगाइएको छ ।

वीरगञ्ज महानगरपालिकाका मेयर सिंह विरुद्ध जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, गृहमन्त्रालय सहित विभिन्न ७ ठाउँमा उजुरी परेको छ । उजुरीको अधारमा गृहमन्त्रालयले पुष्कर राणको संयोजकत्वमा छानविन समिति बनाए पनि हालसम्म प्रतिवेदन सार्वजनिक गरिएको छैन् । गृहमन्त्रालय छानविन समितिले तत्कालिन पञ्जीकरण अधिकारी भिखारी रायको किर्ते हस्ताक्षर प्रयोग गरी नागरिकता बनाउन मेयर सिंहले गरेको जन्मदर्ता, विवाहदर्ता लगायतको किर्ते कागजातको विषयमा अनुसन्धान नै नगरी फर्किएका थिए ।

गृहमन्त्रालयको छानविन समिति फर्किएको भोलिपल्ट दोश्रो श्रीमति भनेर रिता भट्टराईलाई खडा गरी सम्बन्ध विच्छेदका लागि जिल्ला अदालतमा अंश तथा सम्बन्ध विच्छेदको मुद्दा दिलाएका थिए तर कानुनको छिद्र प्रयोग गर्दै उक्त सम्बन्ध विच्छेदको प्रक्रिया अगाडि नबढाउदैँ जिल्ला अदालतले ढिसमिस गरिदिएको छ । पर्सा जिल्ला अदालत मै मेयर सिंहका छोरी भनिएकी रूबीना श्रेष्ठको जन्मदर्तामा समेत तत्कालिन पञ्जिकरण अधिकारी भिखारी रायको हस्ताक्षर किर्ते भएको जन्मदर्ता पेश गरेको छ । यसविषयमा स्वयम तत्कालिन पञ्जिकरण अधिकारी रायले जिल्ला प्रहरी कार्यालय, अख्तियार दुरूपयोग अनुसन्धान आयोग लगायत विभिन्न निकायमा व्यान समेत दिइसकेका छन् ।

पर्सा प्रहरीले जन्मदर्ता किर्ते गरेको आरोपमा उजुरी दर्ता गरेपनि कारवाही प्रक्रिया अगाडि नबढाएको भन्दै पटक पटक आन्दोलन तथा विरोधको कार्यक्रम हुदैँ आएको छ ।
नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनमत पार्टीका नेताहरुले यसअघि मेयर सिंहमाथि कारवाही प्रक्रियामा ढिलाई भइरहेकाले विरोध कार्यक्रम गरिसकेको छ ।

पछिल्लो समय मेयर राजेशमान सिंहले गरेको किर्ते नागरिकता विरूद्ध प्रदर्शन तथा विरोध मै मेयरका भतिज रूपेशमान सहितकाले हुलहुज्जतमा नेपाली कांग्रेसका विद्यार्थी नेता रमेश यादवको नाक भाचेको थियो भने, वीरगञ्ज महानगरपालिका अलौंका स्थानीय सुदर्शन लामिछानेलाई पानीको निकाशको निहुँमा नगर प्रहरीबाट टाउँको फुटाइदिएका थिए । यस्तै नागरिकताको विरोधमा सहमति जनाएको भन्दै रास्वपाका जिल्ला संयोजक हरि पन्त सञ्चालक रहेको होटल कन्ट्रिइनलाइ ५० हजार जरिवाना गराएका थिए ।

त्यसैगरी पत्रकार जियालाल साह माथि समाचार लेखेकै विषयमा मेयर राजेशमान सिंह र उनका छोरा अनिशमान सिंह सहितकाले लिखित गालि बेइज्जती, विधुतिय अपराध, साइबर क्राइम लगायत ४/४ वटा मुद्दा दिएर दुःख दिने काम गरिरहेको पत्रकार साहको गुनासो छ ।

प्रधानमन्त्री, गृहमन्त्रीको आर्शिरवादमा फैजदारी कसुरमा प्रस्ट संलग्न देखिएपनी मेयर जोगिदै आएको छ भने एकतर्फ कानुन अन्तर्गत कारवाही गर्न माग गर्नेलाइ विरोध जनाउनेलाइ ठेगान लगाउने धम्काउने जस्ता काम गर्दै आएका छन् ।

मेयर राजेशमान सिंहको विषयमा संसदमा आवाज नउठेको भने हैन् नेपाली कांग्रेशका महामन्त्री गगन थापा, रास्वापाका स्वर्णिम वाग्ले लगायतले पटक पटक आवाज उठाए पनि उनी विरूद्ध कुनै कारवाही प्रक्रिया अगाडि बढाइएको छैन् ।

प्रकाशित मिति: २०८२ बैशाख ३०, मंगलवार २१:४२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको