काठमाडौं, वैशाख ३१ । स्कटल्यान्डमा हुने आइसीसी विश्वकप लिग-२ को त्रिकोणात्मक सिरिज र टी-२०आई सिरिजका लागि नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ ।
नेपाल क्रिकेट संघ क्यानले एक कार्यक्रम गर्दै सिरिज खेल्न जाने टोलीको बिदाइ गरेको हो । नेपाली टोली आज साँझ स्कटल्यान्डतर्फ प्रस्थान गर्दैछ ।
नेपालले लिग-२ अन्तर्गत स्कटल्याण्ड र नेदरल्याण्डसँग जुन २ देखि १० सम्म सिरिज खेल्नेछ । लिग-२ सिरिजपछि नेपालले ती देशहरूसँग टी-२०आई सिरिज खेल्नेछ । उक्त सिरिज जुन १५ देखि २० सम्म सञ्चालन हुनेछ ।
लिग-२ का नेपाली टोली
टी-२०आई सिरिजका लागि थप
किरणकुमार ठगुन्ना, रुपेश सिंह र लोकेश बम ।




