जनकपुरधाम मेयरकप माथि लखनउको कब्जा



जनकपुरधाम, जेठ २ । तेस्रो जनकपुरधाम मेयरकप २०८२ माथि भारतको लखनउले कब्जा जमाएको छ ।

निर्माणधिन रामजानकी बहुउद्देशिय क्रिकेट स्टेडियममा आज सम्पन्न फाइनल खेलमा बारालाई ८ विकेटले पराजित गर्दै लखनउ टिमले उपाधी चुम्न सफल भएको छ ।

लखनउ टिमले टस जितेर बारा टिमलाई ब्याटिङ्ग गर्न आमन्त्रण गरे पछि बाराले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १६८ रनको योगफल तयार गरेको थियो । बाराका लागि रवि साह ५४, आदिल अंसारी ५० , विवेक यादव २२ , पवन सर्राफ अविजित १६ , त्रित दास ९ र निरंजन यादव ७ रन जोडेका थिए भने अरनिको यादव सुन्य रनमै आउट भएका थिए ।

लखनउका लागि सुभम यादव र मनिष सिंह २/२ तथा शैलेन्द सिंह र अस्मित मिश्रा १/१ विकेट लिएका थिए । १६९ रनको विजयी लक्ष्य सहित व्याटिङ्ग गर्न मैदानमा ओर्लेका लखनउ टिमले १७ ओभर ४ बल खेल्दै २ विकेटको क्षतिमा १७३ रन बनाउदै लक्ष्य पुरा गरेका थिए । लखनउका लागि हर्षित यादव ९८, सुमित पाठक ५३ , अंकित सिंह अविजित १९ र सोमन महन्ती २ रन जोडेका थिए ।

बाराका पवन सर्राफ र साहब आलम १/१ विकेट लिएका थिए ।

कप विजेता लखनउ टिमलाई दुई लाख नगद र ट्रफी तथा उपविजेता बारा टिमलाई एक लाख २५ हजार नगद तथा ट्रफि प्रदान गरिएको छ ।

प्रकाशित मिति: २०८२ जेष्ठ २, शुक्रवार १६:३१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको