काठमाडौँ , जेठ ६ । गभर्नरमा सिफारिस हुन लागेका डा. विश्व पौडेलको योग्यतामाथि कानुनी हिसाबले प्रश्न उठाउने बाटो बन्द भएको छ।
उनलाई गभर्नर नियुक्त गर्ने चर्चासँगै कांग्रेस पार्टी आबद्ध रहेकाले नियुक्त नगर्न माग गर्दै परेको रिट सवोच्च प्रशासनले शुक्रबार दरपिठ गरेको थियो।
अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले राष्ट्र बैंक ऐन विपरीत राजनीतिक दलको सदस्य भएका व्यक्तिलाई गभर्नर बनाउ नहुने भन्दै मंगलबार पेश भएको रिट सर्वोच्चका रजिस्ट्रार भद्रकाली पोखरेलले दरपिठ गरेका गरेका थिए।
उक्त दरपिठ विरुद्ध इजलासमा दिएको निवेदनमाथि मंगलबार सुनुवाइ गर्दै न्यायाधीश सपना प्रधान मल्लको इजलासले दरपिठ आदेश सदर गरेको हो। आदेश सदर भएसँगै अब विश्व पौडेलको योग्यतामाथि प्रश्न उठाउने वैधानिक बाटो बन्द भएको छ।
रजिस्ट्रार पोखरेलले तीन कारण देखाउँदै दरपिठ गरेका थिए।
यस्तै पौडेललाई गभर्नर सिफारिस गर्न अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारि समितिको बैठक अर्थ मन्त्रालयमा बसिरहेको छ।
कांग्रेस र एमालेबीच भएको सहमतिअनुसार समितिले पौडेललाई सिफारिस गर्नेछ र आजै कहीबेरमा बस्ने मन्त्रिपरिषद बैठकले नियुक्त गर्ने तयारी छ।




