जनकपुरधाम, जेठ ७ । जनकपुरधाममा रामजानकी अस्पतालद्वारा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरेका छन् ।
रामजानकी टेक्निकल इन्स्टिच्युट, मिथिला टेक्निकल एकेडेमी, रामजानकी कोचिङ्ग सेन्टर प्रा.लि कार्यलयको प्राङगणमा भएको सो रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरेको अस्पतालका सञ्चालक विकास कुमार गुप्ताले जानकारी दिए ।
उनले रगतको अभावमा समस्या खेप्दै आएका सर्वसाधारणलाई मध्यनजर गर्दै रामजानकी अस्पतालद्वारा रक्तदान कार्यक्रमको आयोजना गरेको जानकारी दिए । हामीले रक्तदान कार्यक्रम वेला वखतमा गर्दै आइरहेको जानकारी दिँदै उनले भने–‘रगतको अभावमा कसैको उपचारमा बाधा नपुगोस भनेर रक्तदान कार्यक्रमको आयोजना गरेका छौं ।’
रामजानकी टेक्निकल इन्स्टिच्युट, मिथिला टेक्निकल एकेडेमी, रामजानकी कोचिङ्ग सेन्टरले शिक्षा र स्वास्थ्यको क्षेत्रमा पुर्याउँदै आएको योगदानलाई स्मरण गरेर सर्वसाधारणहरुले समेत रक्तदान कार्यक्रममा सहभागि भएको रामजानकी अस्पतालका सञ्चालक गुप्ताले जानकारी दिए ।
सर्वसाधारणलाई दैनिक जिवन यापनका सवै भन्दा महत्वपूर्ण आवश्यकता मध्यये शिक्षा र स्वास्थ्य रहेको र हमीले यसलाई प्राथमिकतामै राखेका कारण सर्वसाधारणलाई हमीमाथि विश्वस रहेको उनको भनाई थियो । राम जानकी कोचिङ्ग सेन्टरले शिक्षा क्षेत्रमा गरेको योगदान कसै संग लुकेको नरहेको बताउँदै उनले यसलाई थप प्रभाविकारी बनाउन राम जानकी अस्प्ताल लागेको उनको भनाई थियो ।
सर्वसाधारण, कर्मचारी, शिक्षकहरुले गरेको रक्तदानले कतेकौ जनाको ज्यानको सुरक्षा हुने विश्वास व्यक्त गर्दै अस्पतालका सञ्चालक गुप्ताले भने–‘हाम्रै अस्पतालमा उपचारकालागि आउने विरामीहरुलाई सम्वन्धित रक्त ग्रुपको रगत नभेटाएपछि उपचारमा बाधा अडचन आउने गरेको हुन्छ, त्यसलाई निरुत्साहित गर्नकालागि सवै संघ–संस्था र स्थानीय अभियन्तालाई आग्रह गर्दछु ।’
रक्तको अभावमा उपचार गराउन आउने विरामीलाई तुरन्तको तुरन्त रगत चाहिएमा समस्या देखिने गरिएको छ । सो रक्तदान कार्यक्रममा रेडक्रस सोसाइटी जनकपुरले सहयोग गरेको थियो ।
क–कसले गरे रक्तदान ?
नागराजकुमार चौरसिया, विनुभारती साह, प्रवीण मण्डल, कविनेश भगत, रञ्जनाकुमारी शर्मा, पुजाकुमारी यादव, हरिन्दरकुमार महतो, रामसुन्दर यादव, रोहन यादव, अभिराम मण्डल, सुमैया प्रवीण, रामनन्दनकुमार मण्डल, पुजाकुमारी यादव, वविता ठाकुर, चन्दनकुमार साह, ऋतिककुमार यादव, राजेश्वर साहले रामजानकी अस्पतालद्वारा रक्तदान कार्यक्रम रक्तदान गरेका छन् ।
त्यस्तै रक्तदान गर्नेहरुमा आँचलकुमारी यादव, मनिषा राई, सृजना प्रसाई, सामिप्य साँपकोटा, प्रेरणा साह, पेमा तामाङ्ग, दिलासा लिम्वु, सोफिया खातुन, पशुपतिकुमार साफी, प्रियंकाकुमारी, नवीनकुमार यादव, वलिराम यादव, सुधिरकुमार यादव, विशेश्वर साह, अव्दुल बारीस रहेका छन् ।
यस्तै नवोनारायण मण्डल, दिजा मगर, जयप्रकाश यादव, ओमप्रकाश महतो, प्रतिभाकुमारी साह र रामपुकार मण्डलले रक्तदान गरेको जनाइएको छ ।







