मधेश प्रदेशवाट ४२५ जना हज यात्राकालागि प्रस्थान



जनकपुरधाम, जेठ ८ । साउदी अरबस्थित मक्का मदिना जानका लागि मधेश प्रदेशबाट ४२५ जना हजयात्री प्रस्थान गरेका छन् ।

मधेश प्रदेशका ८ वटै जिल्लावाट सो संख्यामा हजयात्री मक्कामदिना प्रस्थान गरेका छन् । मधेश प्रदेशको सप्तरीवाट ६८, सिरहावाट २८, धनुषावाट २९, महोत्तरीवाट ४१, सर्लाहीवाट २८, रौतहटवाट १२२, वारावाट ३८ र पर्सावाट ७१ जना हजयात्री प्रस्थान गरेको जनाइएको छ । बक्राईदन मनाउनका लागि उनीहरु ४० दिने यात्राका लागि त्यहा प्रस्थान गरेका छन् ।

मुस्लिम धर्मगुरुका अनुसार प्रत्यके मुस्लिम आफ्नो जीवनकालमा कम्तीमा एक पटक हज गर्न जानुपर्छ । मक्का मदीना यात्रा गर्नेले स्वर्ग जाने सरह पुण्यफल प्राप्ति गर्ने भएकाले त्यहाँ जाने मान्यता रही आएको छ ।

मक्कालाई अल्लाहको घर र माहोम्मदको जन्मथालोकोरुपमा मुस्लिम समुदायले मान्दै आएको छ । हज गर्नाले जस्तो सुकै ठुलो अपराध र पाप गरे पनि नाश भई भर्खर जन्मेको बच्चा जस्तै पवित्र हुने मान्यता उनीहरुमा छ । हजयात्रीले ३० दिन मक्का र १० दिन मदिनामा धार्मिक यात्रा गर्नुपर्छ । मक्कामा सात पटक परिक्रमा (तवाफ) गर्नुपर्छ जसले एक हज–कावा प्राप्त हुन्छ । इदुल अजाह (बकरईदका दिन) बिशेष नवाज पढदै कुर्वानी दिने चलन छ । हज यात्रा गर्नेलाई हाजी भन्ने चलन रहेको बताईएको छ ।

चन्द्रमाको उपस्थितीले तय हुने ईदमा जेद्दाबाट ८० किलोमिटरको दुरी तय गरी पैगम्बर मोहम्मदको जन्म स्थान (खान–ए–कावा) मा परिक्रमा गरी मक्काको मिना मुद्दिलफा आराफातमा ५ दिन बसि नवाज अदा गर्ने छन् । त्यसपछि पैगम्बर मोहम्मदको कब्रस्थान रहेको मदिनामा पुगी १० दिन नबाज पढेपछि हज पुरा हुनेछ ।

प्रकाशित मिति: २०८२ जेष्ठ ८, बिहिवार ०८:४८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको