एमाले धनुषाको अध्यक्षमा भोला यादव दोब्बर मतले विजयी

महासेठ पक्षको दवदवा कायमै


जनकपुरधाम, जेठ ९ । नेकपा एमाले धनुषाको सम्पन्न आठौ जिल्ला अधिवेशनमा रघुविर महासेठ पक्षले आफनो दवदवा कायमै राखेको छ ।
आज विहान सम्पन्न मतगणना अनुसार अध्यक्ष लगायतको सबै पदमा महासेठ पक्षधर उम्मेदवारहरु अत्यधिक मतान्तरले विजयी भएका छन ।

एमाले धनुषाको आठौ जिल्ला अधिवेशनबाट अध्यक्षपदमा महासेठ पक्षधर भोला यादव दोब्बर मतले विजयी भएका छन । उनले ४०२ मत प्राप्त गर्दा उनका प्रतिद्वन्दी लक्ष्मीनारायण यादवले २०० मत प्राप्त गरेका छन ।

त्यसै गरि उपाध्यक्ष पदमा तेजनारायण यादव ४३० मत प्राप्त गरि विजयी भएका छन उनका निकटतम प्रतिद्वन्दी जयप्रकाश सुनरैत यादवले १६० मत मात्र प्राप्त गरेका छन ।

त्यसै गरि सचिव पदमा महासेठ पक्षकै दिपनारायण ठाकुर (दिपन) १४० मतको मतान्तरले विजयी भएका छन उनले ३६५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी धिरेन्द्र कुमार मण्डलले २२५ मत प्राप्त गरेका छन । उपसचिव पदमा ३८० मत प्राप्त गरि विजयी भएका छन भने उनका निकटतम प्रतिद्वन्दी १९५ मत प्राप्त गरेका छन ।

त्यस्तै महिला उपसचिवमा रुका कुमारी मिश्र २०७ मतको मतान्तरले विजयी भएकी छन । उनले ३९१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी किरण कापरले १८४ मत प्राप्त गरेकी छन ।

त्यसै गरि लेखा समितिको अध्यक्षमा विरेन्द्र लाल कर्ण विजयी भएका छन । उनले ३६५ मत प्राप्त गर्दा उनका प्रतिद्वन्दी अनिल कुमार यादवले २०७ मत प्राप्त गरेको छ ।

सदस्यहरुमा समेत महासेठ पक्षकै उम्मेदवारहरु विजयी भएका छन ।

वैशाख २0 गते शुरु भएको एमाले धनुषाको जिल्ला अधिवेशनको निर्वाचन सत्रमा महासेठ र उमाशंकर अरगडिया पक्षबीच विवाद हुँदा स्थगित भएको थियो ।

प्रकाशित मिति: २०८२ जेष्ठ ९, शुक्रवार ०८:३६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको