रविको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ सकियो, आदेश आउन बाकी



काठमाडौं, जेठ ९ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सकिएको छ। सर्वोच्च अदालतका न्यायाधीश डा.नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा सुनुवाइ सकिएको हो।

सम्भवतः शुक्रबार नै लामिछानेलाई थुनामै राखिराख्ने किन थुनामुक्त गर्ने भन्ने विषयमा आदेश आउनेछ। लामिछानेसँगै पूर्वडीआईजी छविलाल जोशीविरुद्धको रिटमाथि पनि सुनुवाइ सकिएको छ।

लामिछानेको तर्फबाट उनकी पत्नी निकिता पौडेलले गैरकानुनी रुपमा आफ्ना श्रीमानलाई थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।

सहकारी ठगी मुद्दामा लामिछाने हाल भैरहवा कारागारमा छन्।

प्रकाशित मिति: २०८२ जेष्ठ ९, शुक्रवार १५:०५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको