राजविराज, जेठ ९ । सप्तरी प्रहरीले हनुमाननगर राजविराज सडक खण्डबाट शुक्रबार एक व्यक्तिलाई लागुऔषध गाजासहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको तिरहुत गाउँपालिका वडा नं. ४ बस्ने ३८ वर्षिय मो. सजित छन् । तिलाठी कोईलाडी गाउँपालिका ८ तोपा चोकस्थित इलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटिएको प्रहरी टोलीले पैदल हिडिरहेका मो. सजितलाई शंका लागि चेकजाच गर्दा उनको साथबाट पाँच किलो प्रतिबन्धित लागुऔषध गाजा बरामद भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक जितेन्द्र कुमार बस्नेतका अनुसार सजितले बोकेको झोला भित्र सेतो प्लाष्टिकमा उक्त लागूऔषध गाँजा फेला परेकोले उनलाई सप्तरी जिल्ला अदालतबाट म्याद थप गराई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।




