हैदराबादले बैंगलोरलाई ४२ रनले हरायो



जनकपुरधाम, जेठ ९ । आइपीएल २०२५ को ६५ औं खेलमा सनराइजर्स हैदराबादले रोयल्स च्यालेन्जर्स बैंगलोरलाई ४२ रनले पराजित गरेको छ ।

लखनउको एकाना स्टेडियममा आरसीबीले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि व्यटिङ्ग गर्न आएका हैदराबादले २० ओभरमा ६ विकेट गुमाएर २३१ रन बनायो। जवाफमा बेंगलुरु १९.५ ओभरमा १८९ रनमा अलआउट भयो।

उनको तर्फबाट फिल साल्टले ६२ रन बनाए भने विराट कोहली ४३ रन बनाएर आउट भए। प्याट कमिन्सले ३ विकेट लिए। हर्षल पटेल र इशान मालिंगाले दुई(दुई विकेट लिए।

एसआरएचका इशान किशनले ४८ बलमा ९४ रनको अविजित इनिङ खेले। उनको इनिङमा ७ चौका र ५ छक्का समावेश थिए। इशान बाहेक अभिषेक शर्माले ३४, अनिकेत वर्माले २६ र हेनरिक क्लासेनले २४ रन बनाए। रोमारियो शेफर्डले २ विकेट लिए।

प्रकाशित मिति: २०८२ जेष्ठ ९, शुक्रवार २३:५९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको