एमाले सचिवालय बैठक बस्दै



काठमाडौँ, जेठ ११ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक आज बस्दै छ ।

ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज दिउँसो २ः०० बजे बैठक बस्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेट, गणतन्त्र दिवस, सरकारको काम, मुलुकको राजनीतिक परिस्थितिबारेमा छलफल हुने छ ।

प्रकाशित मिति: २०८२ जेष्ठ ११, आइतवार १३:१७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको