राष्ट्रपतिलाई आगामी बजेटबारे जानकारी



काठमाडौँ, जेठ १३ । राष्ट्रपति रामचन्द्र पौडेललाई उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेटबारे जानकारी गराउनुभएको छ ।

संवैधानिक व्यवस्थाअनुसार सरकारले यही जेठ १५ गते बजेट ल्याउँदै छ । सोही बजेटका बारेमा अर्थमन्त्री पौडेलले आज राष्ट्रपति भवन शीतल निवास पुगेर ब्रिफिङ गर्नुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । बजेट अघि आज अर्थमन्त्री पौडेलले संसद्मा आर्थिक सर्वेक्षण पेश गर्नुहुनेछ ।

प्रकाशित मिति: २०८२ जेष्ठ १३, मंगलवार ११:३५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको