नेपाल एक विकेटले विजयी



जनकपुरधाम, जेठ १९ । आइसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत सम्पन्न नेपाल र स्कटल्याण्ड बिचको खेलमा नेपालले स्कटल्याण्डलाई एक विकेटले पराजित गरेको छ । नेपालले टस जितेर पहिले फिल्डिङ्ग रोजे पछि व्याटिङ्ग गर्न आएका स्कटल्याण्डले निर्धारित ५० ओभरको खेलमा ७ विकेटको नोक्सानमा २९६ रनको योगफल तयार पारेको थियो ।

स्कटल्याण्डकालागि चार्लि टियरले ७२ वलको सामना गर्दै १२ चौका र एक छक्का प्रहार गर्दै ८० रनको योगदान दिएका थिए भने फिललि म्याकचिथले ६७बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ५५, रिचि बेरिङ्गटनले ४६ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ४० रनको योगदान दिएका थिए । त्यस्तै म्याथ्यु क्रसले ३९, गोग्रि मुन्सिले १२, ब्रेण्डम म्याकुलमले १९, माइकल लेस्कले १८ तथा मार्क वाटले १० रज्याक जार्भिसले अविजित ४ रनको योगदान दिएका थिए ।

नेपालकालागि रिजन ढकालले १० ओभरमा ७८ रन खर्चेर २ विकेट लिए भने करण केसीले १० ओभरमा १ मेडन ओभर राख्दै ४३ रन खर्चेर २ विकेट पाउन सफल भए । त्यस्तै सोमपाल कामीले पनि १० ओभरमा ६६ रन खर्चेर २ विकेट लिन सफल भए भने संदीप लामिछानेले १० ओभरमा ४४ रन खर्चेर १ विकेट लिन सफल भएका थिए ।
२९७ रनको विजयी लक्ष्य लिएर मैदानमा ओर्लेका नेपालले निर्धारित ५० ओभरको खेलमा ४९.५ ओभरमा लक्ष्य पाउन सफल भएको छ ।

नेपालकालागि करण केसीले सर्वाधिक रन बनाउन सफल भएको छ । करण केसीले ४१ वलको सामना गर्दै ३ चौका र ४ छक्का प्रहार गर्दै ६५ रनको अविजित पारि खेलेका छन् भने कुशल भूर्तेलले ४४ वलमा ११ चौका प्रहार गर्दै ५३ रनको योगदान दिएका छन् । त्यस्तै गुलशन झाले ३० बलको सामना गर्दै ३ चौका र ३ छक्का प्रहार गर्दै ४२, भीम सार्कीले ५६ बलमा १ चौका प्रहार गर्दै ३७ रनको योगदान दिएका छन् ।

नेपालकालागि आशिफ शेखले २०, कप्तान रोहित पौडेलले ३७, आरिफ शेखले ७, दीपेन्द्र सिंह ऐरिले ८, सोमपाल कामीले १, संदीप लामिछानेले ५ रनको योगदान दिए भने रिजन ढकालले अविजित १ रनको योगदान दिएका छन् ।

स्कटल्याण्डकालागि ब्रेण्डम म्याककुलमले १० ओभरमा ३ विकेट लिन सफल भ एभने ज्याक ज्याभिस र मिचेल लेस्कले समान २÷२ विकेट लिन सफल भए । त्यस्तै जसपिर डेभिसन र मार्क वाटले समान १÷१ विकेट लिन सफल भए ।

म्याचको प्लेअर अफ दि म्याच नेपालका करण केसीलाई प्रदान गरिएको छ ।

प्रकाशित मिति: २०८२ जेष्ठ २०, मंगलवार ००:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको