गैरआवासीय नेपाली संघ र ब्रिटिस गोर्खाबारे छलफल



काठमाडौ, जेठ २६ । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक अन्तर्गत गैरआवासीय नेपाली संघ र ब्रिटिस गोर्खा सैनिकका मुद्दाबारे छलफल भएको छ ।

सोमबार सिहंदरबारमा बसेको बैठकमा समितिका सभापति रामहरि खतिवडाले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, सम्बन्धबारे मन्त्री तथा सांसदहरु र सरोकारवालाहरुससँग छलफल गरेर ठोस निर्णय लिने बताए ।

उनले पहिलाको विधेयक अनुसार अघि बढ्ने कि नयाँ विधेयक ल्याउनेबारे गृह मन्त्रालयसँग छलफल गर्ने समेत बताए ।
रक्षामन्त्री मानविर राईले गैरआवासीय नेपाली संघ र ब्रिटिस गोर्खा सैनिकको समस्यालाई सम्बोधन गर्न नेपालको संविधान एव परिस्थिति अनुसार अघि बढ्ने बताए । उनले आजसम्म गरेका दुःखलाई एउटा शिक्षाको रुपमा लिन आवश्यक रहेको औंल्याए ।

प्रकाशित मिति: २०८२ जेष्ठ २६, सोमबार १५:११

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको