जनकपुरधाम, जेठ २८ । मानव तस्करलाई कारबाही गर भन्दै प्रतिपक्षीदलहरुले आजको प्रतिनिधिसभाको बैठक समेत अवरुद्ध गरेको छ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको सहभागिता रहेको भन्दै उनलाई राजिनामा दिनु पर्ने अडानमा रहेका प्रतिपक्षीदलहरु सदनको बैठक शुरु ह्ुन साथ आ–आफनो सिटमा उभेर मानव तस्करलाई कारबाही गर भन्दै सदन अवरुद्ध गरेका छन ।
पछिल्लो दुई साता देखी अवरुद्ध रहेको प्रतिनिधिसभा स्ुचारु गराउन आज विहान सभाम्ुखको उपस्थितिमा सत्ता र प्रतिपक्षबीच भएकोृ छलफल सहमतिमा नपुगेपछि सदन सुचारु हुन नसकेको हो ।
भिजिट भिषा प्रकरण प्रतिपक्षीदल रास्वपाले गृहमन्त्रीको राजिनामा , छानविन समिति गठन लगायतको पाँच बुन्दे मांग राखेका छन । रास्वपाको मांग प्रति सबै प्रतिपक्षीदलले समर्थन जनाएका छन ।
प्रतिपक्षदलहरुले सदन संचालन हुन नदिएपछि सभामुखले भोली सम्मको लागि पुनः स्थगित गरेको छ ।






