उच्च अदालतको मुख्य न्यायाधीशमा ४ जनाको नाम सिफारिस



काठमाडौँ, जेठ ३० । उच्च अदालतको मुख्य न्यायाधीशमा ४ जनाको नाम सिफारिस भएको छ। शुक्रबार बिहान बसेको न्याय परिषद बैठकले उच्च अदालतको मुख्य न्यायाधीशहरू: राजनप्रसाद भट्राई, लालबहादुर कुँवर, हरिप्रसाद भण्डारी र राजेश्वर तिवारीलाई मुख्य न्यायाधीशमा सिफारिस गरेको हो।

हाल भट्टराई उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंज, कुँवर उच्च अदालत पाटन, भण्डारी उच्च अदालत विराटनगरको अस्थायी इजलास ओखलढुंगा र तिवारी उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा कार्यरत छन्। अब भट्टराईलाई उच्च अदालत विराटनगर, कुँवरलाई उच्च अदालत पाटन, भण्डारीलाई उच्च अदालत सुर्खेत र तिवारीलाई उच्च अदालत तुलसीपुरको मुख्य न्यायाधीश नियुक्त गर्न सिफारिस गरिएको छ।

अघिल्लो परिषदको बैठकले मुख्यन्यायाधीशहरु श्रीकान्त पौडेल, शान्तिसिंह थापालाई सर्वोच्चको न्यायाधीश सिफारिस गरेको थियो। न्याय परिषद्ले उच्च अदालत दिपायलका न्यायाधीश गोकर्ण डाँगीलाई उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजमा सरुवा गर्न सिफारिस गरेको छ। डाँगी हाल काजमा वैदेशिक रोजगार न्यायाधीकरणमा कार्यरत छन्।

वैदेशिक रोजगार न्यायाधीकरणको अध्यक्ष उच्च अदालत पाटनको हेटौंडाको इजलासमा कार्यरत न्यायाधीश डा। शान्ता सेढाइँ सापकोटालाई तोक्न परिषद्ले सिफारिस गरेको छ।

प्रकाशित मिति: २०८२ जेष्ठ ३०, शुक्रवार १४:०७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको