त्रिकोणात्मकटी–२० : पहिलो खेलमा आज नेपाल नेदरल्यान्ड्ससँग खेल्ने



काठमाडौं, असार २ । त्रिकोणात्मकटी–२० सिरिजको पहिलो खेलमा आज नेपाल नेदरल्यान्ड्ससँग खेल्दैछ ।

सोमबार स्कटल्यान्ड भ्रमणमा रहेको नेपालले सिरिजको पहिलो खेल नेदरल्यान्ड्स सँग खेल्न लागेको हो । नेपाल र नेदरल्यान्ड्सको खेल नेपाली समय अनुसार आज साँझ७ः४५ बजे सुरु हुनेछ ।

सिरिजको उद्घाटन खेलमा आइतबार आयोजक स्कटल्यान्डले नेदरल्यान्ड्सलाई ३९ रनले हराएको थियो ।

टी–२० सिरिजकालागि नेपालक्रिकेट सङ्घ (क्यान) रोहित पौडेलको कप्तानीमा नेपाली १६ सदस्यीयटोली रहेका छन् । सोमपालकामी र गुलसन झा अभ्यासकोक्रममा घाइते हुँदा यो सिरिजमा किरण ठगुन्ना, लोकेश बम र रुपेश सिंहले अवसर पाएका छन् ।

प्रकाशित मिति: २०८२ असार २, सोमवार ०९:१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको