टी २० त्रिकोणात्मक सिरिज अन्तर्गत अन्तिम खेलमा आज नेपाल र स्कटल्यान्ड भिड्दै



जनकपुरधाम, असार ६ । स्कटल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी २० त्रिकोणात्मक सिरिज अन्तर्गत अन्तिम खेलमा घरेलु टोलीविरुद्ध प्रतिस्पर्धा गदैछ ।

स्कटल्यान्डको ग्लास्गोमा हुने खेल शुक्रबार राति पौने ८ बजे सुरु हुनेछ।

टी २० त्रिकोणात्मक सिरिज मा दुई जित निकालेको नेपाली टोली अन्तिम खेलमा स्कटल्यान्डलाई हराउँदै सिरिजमा सुखद अन्त्यको खोजीमा छ।

नेपालले पहिलो खेलमा घरेलु टोलीलाई २ विकेटले पराजित गरेको थियो। नेदरल्यान्ड्ससँग पहिलो खेलमा तेस्रो सुपर ओभरमा पुगेर हार भोगेको नेपालले दोस्रो खेलमा भने ६ विकेटको जित निकालेको छ।

उता नेपालसँग पहिलो खेलमा हार भोगेको स्कटल्यान्डको टोली त्यो हारको बदला लिर्दै घरेलु भुमिमा जितका साथ सिरिजको बिट मार्न चाहान्छ।

स्टकल्यान्डले डच टोलीसँगको पहिलो खेलमा ३९ रनको जित निकालेको थियो। तर दोस्रो खेलमा भने १७ रनको हार भोगेको थियो।

जारी सिरिजमा नेपाल र नेदरल्यान्ड्सले समान दुई जित निकालेका छन्। स्कटल्यान्डले भने एक खेलमा मात्र नतिजा आफ्नो पक्षमा पारेको छ।

प्रकाशित मिति: २०८२ असार ६, शुक्रवार ०८:२३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको