जनकपुरधाम, असार ६ । राराब क्याम्पसका निवर्तमान स्ववियु सभापति मनिष यादवलाई प्रहरीले पक्राउ गरेको छ । क्याम्पस प्रमुखलाई दुव्यवहार गर्नुको साथै प्रहरी माथि नै हातपात गरेपछि निवर्तमान सभापति मनिष र चमन प्रसाद गोइतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक बरुण सिंहले जनाएका छन ।
जारी परीक्षाको क्रममा तीन जना विद्यार्थीहरुको प्रवेशपत्रमा त्रुटी देखिएको विषयमा विवाद बढदा निर्वतमान सभापति यादव सहितका विद्यार्थीहरुले क्याम्पस प्रमुखलाई दुव्यर्वहार गरेका थिए । विवाद साम्य पर्न पुगेका प्रहरीहरु माथि नै विद्यार्थी नेताहरु जाई लागेपछि निवर्तमान स्ववियु सभापति पक्राउ गरिएको हो ।
विवादको क्रममा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक जिवछ सिंहको दाहिने हातको एउटा औला नै भाँचेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका विद्यार्थी नेताहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ ।
विद्यार्थी नेताहरुकै कारण राराबको परीक्षा प्रणाली खस्कदै गएको र परीक्षालाई मर्यादित गर्न खोजिएपछि राराबमा पटक पटक विवाद हुँदै आएको छ। आजको विवादको मुख्य कारण पनि परीक्षा भित्रकै मनोमानी रहेको स्रोतले जनाएको छ ।




