सर्लाही, असार ७ । सर्लाहीमा सडक बिस्तारको विषयमा गोलि चल्दा प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित तीन जना घाइते भएका छन् । सर्लाहीको बरहथवा नगरपालिका-४, खैराटोलमा सडक बिस्तारको विषयमा शुक्रवार एक महिलालाई कुटपिट गरेको बिषयमा शनिबार बिहान दुई समुहबिच झडप हुँदा प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित तीन जना घाइते भएका छन् ।
झडपमा इलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत प्रहरी निरीक्षक दीवाकर गणेश सहित तीन जना घाइते भएका छन् । प्रहरी निरीक्षक झडप नियन्त्रणमा लिनेक्रममा र अन्य दुई स्थानीय आपसमा झडप गर्दा घाइते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
घाइतेलाई घटनास्थलबाट उद्धार गरेर अस्पताल लाने काम भइरहेकाले थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सिंहले बताउनुभयो ।
घटनास्थलमा अहिले इलाका प्रहरी कार्यालय बरहथवाबाट प्रहरी नायब उपरीक्षक ९डिएसपी० को नेतृत्वमा र सशस्त्र प्रहरीको समेत गरी ठूलो सङ्ख्यामा प्रहरी तैनाथ गरिएको छ। झडप नियन्त्रणमा आइसकेकाले अवस्था सामान्य बन्दै गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
शुक्रवार बिहान कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताले स्थानीय शशि खडकालाई कुटपिट गरेका थिए। सोहि बिषयमा आज झडप भएको बुझिएको छ। घाईते महिला खडकाका बहिनि सबिता खडकाका अनुसार कांग्रेस र एमालेको ज्यादतीको शिकार हाम्रो परिवार भएको बताएकि हुन। वहाँले प्रहरी प्रशासन समेतलाई गुहार्दा नसुनदिने सत्ता र पावर पहुँचबालाको इशारामा हामिलाई कुटपिट सहित दुर्ववहार गरीएको बताएकि छिन।






