एजेन्सी, असार १० । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायलबीच युद्धविराम भएको घोषणा गरेका छन । ट्रम्पको घोषणा संगै १२ दिनको युद्ध समाप्त हुन लागेको छ । ट्रम्पका अनुसार इरान र इजरायलबीच युद्धविराम संगै मध्य पूर्वमा शान्ति पुनस्र्थापित गर्न सहमत भएका छन् ।
ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसियलमा पोस्ट गर्दै लेखेका छन्, “सबैलाई बधाई छ! इरान र इजरायल युद्धविराममा सहमत भएका छन् । युद्धविराम ६ घण्टा भित्र सुरु हुनेछ र इरानले पहिले यसलाई पालना गर्नुपर्नेछ। इरानले युद्धविराम पालना गर्ने बित्तिकै, इजरायल पनि आगामी १२ घण्टामा यसमा सामेल हुनेछ। २४ घण्टा पछि, युद्ध औपचारिक रूपमा समाप्त भएको मानिनेछ।“
यसका साथै अमेरिकी राष्ट्रपतिले इरान र इजरायलको सहनशीलता, साहस र बुद्धिमत्ताको प्रशंसा गरेका छन्। उनले भने कि दुई देशहरू बीचको यो युद्ध वर्षौंसम्म चल्न सक्थ्यो, जसले मध्य पूर्वलाई ध्वस्त पार्न सक्थ्यो। तर, यो भएन र यो कहिल्यै हुने छैन।




