गण्डकी प्रदेशसभा : बजेटमाथि उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिने



गण्डकी, असार १२ । गण्डकी प्रदेशसभा मा प्रदेश सरकारको आगामी वर्ष २०८२/०८३ को बजेट तथा मन्त्रालयगत विनियोजनमाथि छलफल जारी छ ।

प्रदेशसभाको आजको बैठकमा मन्त्रालयगत विनियोजनका विषयमा सांसदहरूले उठाएका प्रश्नको सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी हरिबहादुर खपाङ्गी मगरले जानकारी दिनुभयो ।



वटा मन्त्रालयका मन्त्रीले आज र बाँकीले शुक्रबारको बैठकमा जवाफ दिने उहाँले बताउनुभयो । यही असार १ गते प्रस्तुत भएको आगामी आवको बजेटमाथि असार ४ गतेदेखि प्रदेशसभामा छलफल सुरू भएको थियो । बजेट र मन्त्रालयगत विनियोजनमाथिको छलफल सकिएपछि बजेट पारितका लागि प्रदेशसभा बैठकमा निर्णायार्थ पेस हुने प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: २०८२ असार १२, बिहीबार ११:४५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको