जसपा नेपालद्वारा लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता



जनकपुरधाम, असार १३ । जनता समाजवादी पार्टी जसपा  नेपाल ले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

जसपा नेपालको तर्फ बाट लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्लेले आज सभामुखलाई पत्राचारगरि समर्थन फिर्ता लिएको जनाएको छ।

नेपालको संविधानको धारा १८८को उपधारा २ अनुसार प्रदेश सरकारलाई दिइएको समर्थन फिर्ता लिन सक्ने व्यवस्था बमोजिम समर्थन फिर्ता लिएको जानकारी गराएका छन । साथै उनले प्रदेश सभाको बैठकमा विपक्षको बेञ्चमा बस्ने व्यवस्थाका लागि समेत आग्रह गरेको छ ।

प्रकाशित मिति: २०८२ असार १३, शुक्रबार १७:०९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको