संघीय लोकतान्त्रिक मोर्चाले तराई मधेशभरि सभा गर्ने



जनकपुरधाम, असार १५ । संघीय लोकतान्त्रिक मोर्चाले मोर्चाको उद्देश्य, औचित्य र आवश्यकता बारे सर्वसाधारणलाई जानकारी गराउन राजधानी काठमाडौ सहित तराई मधेशको विभिन्न ६ स्थानमा सभा गर्ने निर्णय गरेको छ।

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम लाल चौधरीको अध्यक्षतामा आज काठमाण्डौमा बसेको संघीय लोकतान्त्रिक मोर्चाको बैठकले साउन १७ गते काठमाडौ, साउन २१ गते भैरहवा, सायन २३ गते कैलाली , भदौ १६ गते विराटनगर , भदौ १८ गते जनकपुर र भदौ २० गते विरगंजमा सभा गर्ने निर्णय गरेको हो ।

गठनको लामो समय पछि लय समात्न थालेको मोर्चाले मोर्चाको कार्यविधी २०८२ पारित गर्दै आजैको मिति बाट लागु हुने निर्णय समेत गरेको छ । बैठकमा रुपन्देही निर्वाचन क्षेत्र नं. ३को उपनिर्वाचन सम्बन्धमा समेत छलफल भएको तर निर्णय हुन नसकेको बैठकमा सहभागी केशब झाले जनाएका छन ।

आजको बैठकमा जसपा नेपालको तर्फ बाट राजकिशोर यादव, रामकुमार शर्मा, मनिष सुमन, लोसपा बाट महन्थ ठाकुर, सर्वेन्द्र नाथ शुक्ला, लक्ष्मणलाल कर्ण, नागरिक उन्मुक्ति पार्टी बाट लालबिर चौधरी, अरुण चौधरी, राष्ट्रिय मुक्ति पार्टी बाट राजेन्द्र महतो, केशव झा, अनिल महासेठ, जनमुक्ति पार्टी बाट अब्दुल खान, जनता प्रगतिशिल पार्टी बाट हृदयेश त्रिपाठी, शिवजी यादव, साबिर हुसेन, तमलोपा बाट वृषेशचन्द्र लाल, बज्रकिशोर सिंह सहितको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: २०८२ असार १५, आइतवार १७:१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको