हरिशयनी एकादशी,शरीरलाई विषादिमुक्त र मनशुद्दी गर्ने दिन होःप्रधानमन्त्री ओली



काठमाडौं, असार २२।  प्रधानमन्त्री केपी शर्मा ओलीले हरिशयनी एकादशी, शरीरलाई विषादीमुक्त र मनशुद्दी गर्ने दिन रहेको बताएका छन ।

आइतबार सामाजिक सञ्जालमार्फत हरिशयनी एकादशीको शुभकामना दिँदै प्रधानमन्त्री ओलीले आजको दिन शरीरलाई विषादिमुक्त गर्ने, मनशुद्दी गर्ने र वातावरणीय सन्तुलन कायम राख्ने प्रतिकात्मक दिन पनि भएको बताए ।

उनले लेखेका छन् ,आज हरिशयनी एकादशी, तुलसी रोपण गर्ने दिन । आजको दिन शरीरलाई विषादिमुक्त गर्ने, मनशुद्दी गर्ने र वातावरणीय सन्तुलन कायम राख्ने प्रतीकात्मक दिन पनि हो। कम भोजन, ध्यान र उपवासले मानिसलाई शान्त मनोभावमा राख्ने पनि परम्परागत विश्वास रही आएको छ।’धरती र जीवन दुवैमा शान्ति छाओस्। हरिशयनी एकादशीको शुभकामना ।’

प्रकाशित मिति: २०८२ असार २२, आईतवार १२:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको