जनकपुरधाम, असार २४ । सरकारवाट फिर्ता भए लगतै नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ पहिलो पटक संघीय लोकतान्त्रिक मोर्चाको बैठकमा सहभागि भएकी छन् । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम लाल चौधरी र अध्यक्ष रंजिता श्रेष्ठ संगै सहभागि भएका छन् ।
तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेशचन्द्र लालको अध्यक्षतामा आज बसेको बैठकमा रेशम र रञ्जिता संगै सहभागि भएका छन् ।
पार्टीको नीतिगत विवादले केही दिन यता दुई जना बीच दुरी बढेको हल्ला चलेको थियो । पछिल्लो समयमा नागरिक उन्मुक्ति पार्टीले केन्द्र देखी प्रदेश सम्म सरकारको समर्थन फिर्ता लिए संगै दुबै जना संगै देखिएका हुन ।
रंजिता मोर्चाको बैठकमा पहिलो चोटी सहभागी भएकी हुन । यस अघि रेशम बैठकमा सहभागी हुँदै आएपनि मोर्चा प्रति रंजिताको खासै रुचि देखिएको थिएन । तर सरकारबाट फिर्ता भए लगतै रंजिता मोर्चाको बैठकमा सहभागी हुनुले दुई जना बीचको सम्बन्धमा सुधार आएको संकेत गरेको छ ।
जनमत पार्टी संगको एकता घोषणा सभा बाटै रेशमलाई पक्राउ गरिएको विषयमा समेत रंजिताको नाम जोडिएको थियो । उनि समाजिक संजाल मार्फत सोको खण्डन समेत गरेकी थिइन ।
सुदुर पश्चिम सरकार बाट नाउपाका मन्त्रीलाई बर्खास्त गरे पछि रंजिता सत्ता गठबन्धन संग चिढिएकी हुन । त्यस लगतै नाउपाले केन्द्र र प्रदेश सरकार समेत बाट समर्थन फिर्ता लिएकी थिइन ।
नाउपाले आज मात्रै मधेश सरकार बाट समेत समर्थन फिर्ता लिएको छ । मोर्चाको आजको बैठकमा जसपा नेपालबाट राजकिशोर यादव, मनिष सुमन, राम कुमार शर्मा, नागरिक उन्मुक्तिबाट रेशमलाल चौधरी, रंजिता चौधरी, लालबिर चौधरी, गंगा चौधरी, हिमान्चल भट्टराई , राष्ट्रिय मुक्ति पार्टीवाट राजेन्द्र महतो, केशव झा, सन्तोष मेहता , लोसपाबाट महन्थ ठाकुर, सर्वेन्द्रनाथ शुक्ला, लक्ष्मणलाल कर्ण, ज्ञानेन्द्र झा, जनता प्रगतिशीलबाट हृदयेश त्रिपाठी, शिवजी यादव, सबिर हुसेन र तमलोपाबाट डा. विजय सिंह, बिभा ठाकुर, पुनम झा, ब्रज किशोर सिंह, सुभाष कर्ण सहितको सहभागिता रहेको थियो ।




