जेडीएस परियोजनाका लागि जापान सरकार साढे ५३ करोड अनुदान



काठमाडौं, असार २५। मानव संसाधन विकास (जेडीएस) परियोजनाका लागि जापान सरकारले नेपाललाई करीब साढे ५३ करोड रुपैयाँ अनुदान दिएको छ ।

जेडीएस परियोजना कार्यान्वयन गर्न जापान सरकारले जापानी आर्थिक वर्ष २०२५ को लागि ५७ करोड २० लाख जापानी येन (लगभग ५३ करोड ७० लाख नेपाली रुपैयाँ) अनुदान सहायता प्रदान गरेको हो । जापानी मानव संसाधन विकास छात्रवृत्ति (जेडीएस)कार्यक्रम २०१५ देखि जापान सरकारद्वारा समर्थित एक शैक्षिक पहल हो र यसलाई चरणबद्ध रूपमा लागू गरिएको छ।

बुधबार अर्थमन्त्रालयमा आयोजित एक समारोहका बीच नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र जापान सरकारको तर्फबाट नेपालका लागि जापानका राजदूत तोरु मेदाले नोट आदान प्रदानमा हस्ताक्षर गरेका हुन् । त्यस्तै, अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुख तथा अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्मा र जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका) नेपालका प्रमुख प्रतिनिधि मिजुकी मात्सुजाकीले अनुदान सम्झौतामा हस्ताक्षर गरे ।

अनुदान सम्झौताअनुसार, उक्तकोष स्नातकोत्तर डिग्रीहासिल गरिरहेका २० जना विद्यार्थीहरू र विद्यावारिधि डिग्री हासिल गरि रहेका २ जनाविद्यार्थीहरूको लागि विश्वविद्यालयको शिक्षण शुल्क, बस्ने लागत, यात्राभत्ता, बीमा र शैक्षिक सामग्रीहरू कभर गर्न प्रयोग गरिनेछ ।
हालसम्म १४२ नेपालीनिजामतीकर्मचारीहरू (१४० स्नातकोत्तर डिग्रीप्राप्त र २ जनाविद्यावारिधि) ले यस छात्रवृत्तिकार्यक्रमअन्तर्गत प्रतिष्ठितजापानी शैक्षिक संस्थाहरूमाआफ्नो अध्ययन पूरा गरिसकेका छन् ।हाल ४० स्नातकोत्तर र ५ जना विद्यावारिधि विद्यार्थीहरू यस कार्यक्रमअन्तर्गत जापानमाअध्ययनरत छन् ।

हस्ताक्षर समारोहमाबेल्दै अर्थ सचिवउपाध्यायले यस छात्रवृत्तिकार्यक्रमले नेपालकानिजामतीकर्मचारीहरूको क्षमता अभिवृद्धिमा उल्लेखनीय योगदान पु¥याएको र भविष्यमापनि निरन्तर सहयोग रहने विश्वास व्यक्त गरे ।

उनले जापानमा अध्ययनको क्रममा कर्मचारीहरूले प्राप्त गरेको ज्ञानर सीपले सार्वजनिक सेवाप्रवाहमा सुधार ल्याउन र नेपालको सामाजिक–आर्थिक विकासमा योगदान पु¥याउने बताए । उनले जेडीएसबाट फर्किएकाहरूले नेपाल–जापानद्विपक्षीय सम्बन्धलाई अझबलियो बनाउने आशा पनि व्यक्त गरे ।
राजदूततोरु माएदाले जेडीएस कार्यक्रमअन्तर्गत आफ्नो अध्ययन पूरा गरेकाकर्मचारीहरूले नेपालको विकासमामहत्वपूर्ण भूमिकाखेल्ने र दुई देशबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई अझप्रगाढबनाउने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति: २०८२ असार २५, बुधबार १३:३४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको