इरानमाथि फेरी आक्रमण गर्ने इजरायलको चेतावनी



एजेन्सी, असार २७ । इजरायलका रक्षामन्त्री इजरायल काट्जले इरानमाथि फेरी आक्रमण गर्ने चेतावनी दिएका छन ।
बिहीबार इजरायलले तेहरानबाट धम्की आयो भने उसले इरानमाथि फेरि आक्रमण गर्नेछ चेतावनी दिएका हुन ।

काट्जको कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ, “तेहरान, तब्रिज, इस्फहान र जहाँ पनि तपाईंले इजरायललाई धम्की दिन वा हानि पु¥याउन प्रयास गर्नुहुन्छ, इजरायलको लामो हात तपाईंसम्म पुग्नेछ । तपाईंले लुक्ने ठाउँ पाउनुहुनेछैन ।“

रक्षामन्त्रीले भने, “यदि हामीले आक्रमण गर्नुप¥यो भने, हामी अझ बढी बल प्रयोग गरेर प्रहार गर्नेछौं।“ ज्ञातव्य होस की जुनमा इजरायल र इरानबीच १२ दिनको युद्ध भएको थियो, जसले व्यापक क्षेत्रीय द्वन्द्वको डर बढाएको थियो । अमेरिकी मध्यस्थता पछि, दुवै पक्ष युद्धविराममा सहमत भए, जुन जुन २३ मा राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेका थिए ।

तेहरान आणविक हतियार विकास गर्ने नजिक रहेको डरलाई उद्धृत गर्दै, इजरायलले इरानी आणविक स्थलहरूमा आक्रमण गरेको थियो । यद्यपि, इरानले आणविक हतियार विकास गरेको अस्वीकार गर्दछ । अमेरिका पनि अभियानमा सामेल भई इरानी आणविक स्थलहरूमा आक्रमण गरेको थियो ।

यसैबीच बिहीबार, गाजाको एक चिकित्सा केन्द्र नजिकै इजरायली हवाई आक्रमणमा १० बालबालिका सहित १६ प्यालेस्टिनीहरू मारिएका छन । अर्कोतर्फ, इजरायली सेनाले अक्टोबर ७, २०२३ मा हमासको नेतृत्वमा भएको आक्रमणमा संलग्न एक आतंककारीलाई आक्रमण गरेको बताएको छ । यद्यपि, धेरै जना घाइते भएको रिपोर्ट गरिएको छ।

गाजाको देइर अल–बलाह क्षेत्रमा क्षेप्यास्त्र आक्रमण यस्तो समयमा भएको छ जब इजरायली र हमासका वार्ताकारहरू स्थायी युद्धविराममा सहमत हुने उद्देश्यले प्रस्तावित ६० दिने युद्धविराम र बन्धकहरूको रिहाइमा कतारका मध्यस्थकर्ताहरूसँग वार्ता गरिरहेका छन्।

प्रकाशित मिति: २०८२ असार २७, शुक्रबार ०८:३४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको