प्रधानमन्त्री आज महोत्तरी र बारा जाँदै



जनकपुरधाम, साउन ९ । प्रधानमन्त्री केपी शर्मा ओली आज विभिन्न कार्यक्रमका लागि महोत्तरी र बारा जाँदै हुनुहुन्छ ।

प्रधानमन्त्री ओलीले महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित विग्ही नदी पुुलको उद्घाटन, वडा नं ६ मा नवनिर्मित प्रसूतिगृहको उद्घाटन र सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको उहाँको निजी सचिवालयका उपसचिव विष्णुप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

महोत्तरीमै जनकपुर–कुुर्था–सम्सी सडकखण्ड रौजास्थित रातुुखोला पुल उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ । यसैगरी बाराको परवानीपुर गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन र सभालाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति: २०८२ श्रावण ९, शुक्रवार ०७:३१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको