तेजस्वी मुख्यमन्त्री बने मेरो हत्या गराउछन : पप्पु यादव



एजेन्सी
पटना, साउन १० । पूर्णियाबाट निर्वाचित स्वतन्त्र सांसद तथा कांग्रेस नेता पप्पु यादवले राष्ट्रिय जनता दल (आरजेडी) नेता तेजस्वी मुख्यमन्त्री बने आफनो हत्या गराउने विवादास्पद अभिव्यक्ति दिएका छन् । उनले भनेका छन्, ‘‘यदि तेजस्वी मुख्यमन्त्री बने भने या त उनी मेरो हत्या गराउछन , होइन भने मलाई बिहारै छोड्नुपर्ने स्थिति आउनेछ ।’’

पप्पु यादवको यो अभिव्यक्ति बिहार विधानसभाको सत्रको अन्तिम दिन आएको हो , जहाँ विपक्षी दलहरूले नल–जल योजना अन्तर्गत व्यापक भ्रस्टाचार भएको भन्दै सरकारको विरोधमा प्रदर्शन गरिरहेका थिए ।

पप्पु यादवको यस्तो अभिव्यक्तिलाई महागठबन्धनभित्र गहिरिँदो अन्तरविरोधको रूपमा पनि हेरिएको छ । उनले लगातार आरजेडी र तेजस्वी यादवको नेतृत्वप्रति असहमति जनाउँदै आएका छन ्। उनले हालै मात्र तेजस्वीलाई आगामी मुख्यमन्त्रीको रूपमा मान्न अस्वीकार गर्दै कांग्रेस अध्यक्ष राजेश राम र सांसद तारिक अनवरलाई विकल्पका रूपमा प्रस्तुत गरेका थिए ।

पप्पु यादवले भनेका छन् कि यदि इन्डी गठबन्धनलाई मजबुत बनाउनुछ भने त्यसको नेतृत्व राहुल गान्धीले लिनुपर्छ। उनले भने, “तेजस्वी यादवको अहंकारका कारण नै लोकसभा चुनावमा गठबन्धनले नराम्रो हार व्यहोर्नुप¥यो । यदि राहुल र प्रियंका गान्धीले बिहारमा अझ बढी ¥याली गरेका भए, हामीले कम्तिमा २५ सिट जित्थ्यौं ।”

पप्पु यादवको यो बयानपछि आरजेडी आक्रोशित भएको छ । पार्टी प्रवक्ता शक्ति यादवले तीव्र प्रतिक्रिया दिँदै पप्पु यादवलाई ‘‘बिना पार्टीको सांसद’’ भनेका छन् र उनको अभिव्यक्तिलाई गठबन्धन विरोधी ठहर गरेका छन ।

पप्पु यादवले यो पनि आरोप लगाए कि तेजस्वी यादवले रणनीतिक रूपमा राहुल गान्धीलाई हराउने योजना बनाए, जसका कारण कांग्रेस र गठबन्धन दुवैलाई नोक्सान भयो । अहिले पप्पु यादवको बयानले बिहारको राजनीतिक तापक्रम बढाएको छ । अब सबैको नजर आरजेडी तथा तेजस्वी यादवको औपचारिक प्रतिक्रियातर्फ छ ।

पप्पु यादवले अगाडि भने, ‘‘यदि बिहारमा लोकतन्त्र टिकाउनुछ भने कांग्रेसलाई अगाडि ल्याउनु आवश्यक छ, किनकि आजको राजनीति अवसरवाद र परिवारवादको खतरनाक मिश्रण बनेको छ ।’’

प्रकाशित मिति: २०८२ श्रावण १०, शनिवार ०५:५८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको