काठमाडौं, असार १० । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले लगायतका ठूला दलहरू वैचारिक र राजनीतिक रूपमा गहिरो संकटमा फसेको दाबी गरेका छन्। शनिबार काठमाडौंमा आयोजित एकीकृत अखिल नेपाल शिक्षक संगठनको कार्यक्रममा बोल्दै उनले एमालेभित्र विशेष रूपले नेतृत्व, विचार र उत्तराधिकारको गहिरो संकट देखिएको बताए।
प्रचण्डले जनताको बहुदलीय जनवाद (जबज) को अवधारणाको प्रवर्तक मदन भण्डारी भए पनि, अहिले एमालेभित्र त्यसको उत्तराधिकारी को भन्नेमा विवाद बढेको बताए। “जबजको प्रवर्तक को होरु प्रस्तावक को होरु उत्तराधिकारी कोरु भन्ने विषयमा गहिरो विवाद छ। यही विषय आज एमालेभित्र ठूलो संकटको रूपमा देखा परेको छ,” उनले भने।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्तिलाई पनि आलोचना गरे। प्रधानमन्त्री ओलीले हालैको एक कार्यक्रममा मदन भण्डारीका ुचार श्रीमती थिएु र ुसहकारी ठगीमा संलग्न थिएु भन्ने अभिव्यक्ति दिएको प्रसंग उठाउँदै प्रचण्डले त्यसले पार्टीभित्र वैचारिक द्वन्द्व झनै गहिरिएको तर्क गरे। उनले भने, “त्यस प्रसंगपछि पूर्व राष्ट्रपति विद्या भण्डारीले आफू नै जबजको सच्चा उत्तराधिकारी हो भन्ने ढंगमा सार्वजनिक रूपमा प्रस्तुत हुन थालेकी छन्, जसले संकटलाई थप गम्भीर बनाएको छ।”
प्रचण्डले एमाले मात्र नभई नेपाली कांग्रेसजस्ता अन्य दलहरूमा पनि वैचारिक र नेतृत्व संकट रहेको बताए। कांग्रेसको सन्दर्भमा उनले विश्वेश्वरप्रसाद कोइराला र गिरिजाप्रसाद कोइरालाजस्ता नेताहरूको तुलनामा वर्तमान नेतृत्वले त्यो उचाइ कायम गर्न नसकेको टिप्पणी गरे। “कांग्रेसमा वैचारिक, सांगठनिक र राजनीतिक नेतृत्वको खडेरी देखिएको छ,” उनले भने।
त्यसको विपरित प्रचण्डले आफ्नै पार्टी नेकपा माओवादी केन्द्रमा भने कुनै वैचारिक संकट नभएको दाबी गरे। “हाम्रो पार्टीको आठौं महाधिवेशनमा समाजवादी क्रान्तिसम्बन्धी सर्वसम्मत निर्णय गरिएको छ। हालैको केन्द्रीय समितिको बैठक पनि एकमतमा सम्पन्न भयो,” उनले उल्लेख गरे।
कार्यक्रममा प्रचण्डले माओवादी केन्द्र एकमात्र यस्तो पार्टी भएको दाबी गरे जसले आफ्नो वैचारिक मार्गदर्शन स्पष्ट रूपमा तय गरेको छ र त्यसैअनुसार अघि बढिरहेको छ। ूहामी अहिले अभियानमा छौं, संगठन सुदृढ बनाउँदैछौं,ू उनले थपे।
एमाले र कांग्रेसजस्ता पुराना दलहरूमा वैचारिक दिशाहीनता, नेतृत्व प्रतिस्पर्धा, र उत्तराधिकारीको अस्पष्टताका कारण उत्पन्न भएको संकटलाई प्रचण्डले देशको समग्र राजनीतिक अस्थिरताको जड ठहर गरे। उनले वैचारिक स्पष्टता, संगठनिक एकता र जनताको पक्षमा उभिन सक्ने नेतृत्वको आवश्यकता आज झनै बढेको बताए।




