महुवाबाट निर्दलिय उम्मेदवारी दिने तेजप्रतापको घोषणा



एजेन्सी
पटना, साउन ११ । राष्ट्रिय जनता दल आरजेडी प्रमुख लालुप्रसाद यादवका छोरा तेजप्रतापले महुवाबाट निर्दलिय उम्मेदवारी दिने घोषणा गरेका छन ।

पार्टीबाट निष्काशित तेजप्रताप आसन्न विधानसभा निर्वाचनमा महुवाबाट निर्दलिय उम्मेदवारी दिने घोषणा गरेका हुन ।

महुआलाई आफ्नो “कर्मभूमि“ बताउँदै उनले गहिरो भावनात्मक सम्बन्ध भएको उल्लेख गरेका छन । ‘यदि आरजेडीले महुआमा मलाई टिकट नदिएर अरू कसैलाई उम्मेदवार बनायो भने जनता नै उसलाई पराजित गर्नेछ,’ उनले चेतावनी दिए।

तेजप्रतापको घोषणा संगै बिहारको राजनीतिमा एक नयाँ मोड आएको छ । उम्मेदवारी घोषणा संगै उनले नयाँ सामाजिक तथा राजनीतिक अभियानको सुरुवात गरेका छन जुन सबैको चासोको केन्द्र बनेका छन्।

तेज प्रताप यादवले हालै मात्र ‘टीम तेज प्रताप यादव’ नामक सामाजिक अभियानको घोषणा गरेका छन्, जसलाई उनी राजनीतिक पार्टी नभई जनसमुदायसँग जोडिने र उनीहरूलाई सशक्त बनाउने माध्यमका रूपमा वर्णन गर्छन्। उनले स्पष्ट पारेका छन् कि यो मंच सबै वर्गका मानिसका लागि खुला हुनेछ र विशेषतः युवाहरुलाई नेतृत्वमा स्थान दिने लक्ष्य लिएको छ।

एक पत्रकार सम्मेलनमा उनले संकेत गरे कि उनका भाई तथा राजदका प्रमुख नेता तेजस्वी यादव पनि यदि चाहन्छन् भने यस अभियानमा सहभागी हुन सक्नेछन्। “हाम्रो ढोका सबैका लागि खुला छ,” तेज प्रतापले भने।

उनले आफ्ना सामाजिक मंचमार्फत भोजपुरको शाहपुर क्षेत्रबाट ‘टीम तेज प्रताप यादव’ को तर्फबाट उम्मेदवारको घोषणा समेत गरेका छन् । उम्मेदवारको नाम मदन यादव हो, जसलाई तेज प्रतापले पूर्ण समर्थन रहेको बताएका छन्। उनले भने, “मदन यादव हाम्रो अभियानका मजबूत सिपाही हुन् र हामी शाहपुरमा सशक्त उपस्थिति जनाउनेछौं।”

राजनीतिक विश्लेषकहरूको भनाइमा, तेज प्रतापको यो नयाँ मोर्चा र स्वतन्त्र उम्मेदवारीले राजदभित्र आन्तरिक असमझदारी बढाउने देखिएको छ। विशेषगरी महुआ क्षेत्रमा तीन कोणीय प्रतिस्पर्धाको सम्भावना बलियो बन्दै गएको छ — तेज प्रताप, राजदका उम्मेदवार, र अन्य दलका प्रतिस्पर्धीबीच।

बिहार विधानसभा कार्यकाल २०२५ नोभेम्बर २२ मा समाप्त हुँदैछ। निर्वाचन आयोगले अक्टोबर वा नोभेम्बरमा चुनाव गराउने तयारी थालेको विश्वास गरिएको छ। यस सन्दर्भमा तेज प्रताप यादवको अभियानले प्रदेशको चुनावी माहोलमा नयाँ ऊर्जा थप्ने निश्चित छ।

 

प्रकाशित मिति: २०८२ श्रावण ११, आइतवार ०६:३८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको