नेपालमा २० प्रजातिका कोदो पाइन्छ तर हाइब्रिडले प्राथमिकतापाइरहेको गुनासो



काठमाडौं, साउन १७ । कोदो नेपालको धान, मकै र गहुँपछिको चौथो बालीहो । कोदोमा प्रोटिन, फाइबर, एन्टिअक्सिडेन्ट प्रशस्त हुनुका साथै नसर्ने रोगहरूको जोखिम घटाउने क्षमता समेत हुन्छ ।

त्यसैले पनि कोदोलाई बहुगुणीअन्नका रुपमा पनि चिनिन्छ ।‘गरिबको खाना’ का रूपमामात्रसिमित राख्दा कोदोको उत्पादन उपेक्षामा परेको थियो ।

तर केही समययता कोदो उच्चप्राथमिकतामापर्न थालेको छ ।विभिन्नहोटलहरुमा समेत कोदोको ढिँडो, मःम, पिज्जा, रोटीजस्ता विभिन्न परिकारहरु बनाउनथालिएको छ ।

त्यति मात्रहोइन,सरकारले कोदोको प्रवद्र्धनको लागियसवर्षदेखि साउन १६लाई राष्ट्रिय कोदो दिवस घोषणा गरी विभिन्नकार्यक्रमहरु आयोजनागर्न सुरु गरेको छ ।

शुक्रबार सरकारले‘कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षार स्वस्थजीवनको आधार’भन्ने मूल नाराकासाथविभिन्नकार्यक्रमआयोजनागरी प्रथम राष्ट्रिय कोदो दिवसमनायो ।

कुराकानीमा नेपाल उद्योग वाणिज्य महासंघका कृषि उद्यम केन्द्रका सभापति र कोदो तथा फापर संघका अध्यक्ष डिबी बस्नेतले अहिले नेपालमा २० प्रजातिका कोदोहरु उत्पादन भइरहेको जानकारी दिए ।
जसमध्ये कतिपय लोपहुँदै गइरहेको बताउँदै उनले अहिले हाईब्रिडको बिऊहरुले प्राथमिकतापाउँदै गएको बताए ।
उनले भने,‘अहिले हेर्दा नेपालमापाइने कोदो झण्डै २० प्रजातिका कोदोहरु छन् । तर तिकतिपयलोपहुने अवस्थामा पनि छन् । परम्परागतरैथाने बालीहरु विस्तारै लोपहुँदै गइरहेको छन् ।हाईब्रिडको बिऊहरुले प्राथमिकतापाउँदै गरेकाछन् ।’
कोदोको महत्व सरकारले बुझेर साउन १६लाईकोदो दिवस मनाउने घोषणा गर्नु एकदमै सान्दर्भिक रहेको उनीबताउँछन् ।
‘कोदोको महत्वसरकारले बुझेर नैसाउन १६लाई कोदो दिवस मनाउने भनेर घोषणा गरेको छ ।पौष्टिकतामा कोदोको जुनखालको महत्व छ त्यसलाई अहिले सरकारले पनिमहशुस गर्यो ।’
कोदो खेतीलाई एकदमै सान्दर्भिक बनाउनआवश्यक रहेको बताउँदै उनले पहाडतिर मानिसको बस्तीविस्तार पातलो हुँदै गएकाकारणले उत्पादनमाअप्ठ्यारो भएको सुनाए ।
‘कोदो खेतीलाई एकदमै सान्दर्भिक बनाउनुपर्छ ।केहीपहाडीक्षेत्रमाहुने कोदोबस्तिविस्तार पातलो हुँदै गएकाकारणले अलिअप्ठ्यारो भएको छ । तर कोदो खेतीलाई अगाडिबढाउन सरकारसँगमिलेर हामीकामगर्छौं ।’
नेपालमा कोदोको बजारीकरणमाकुनै समस्या नरहेको दाबीगर्दैउनले उच्चमूल्यप्राप्तगर्नेखालको उत्पादनमाजुट्ने प्रतिबद्धताजनाए ।
नेपालीउत्पादनले नेपालीबजारमा नै नपुग्दाआयात गर्नुपर्ने बाध्यता रहेकाले नेपालको उत्पादनले नै पुग्नेगरी अगाडिबढ्नुपर्नेउनको भनाइछ ।

उनले भने, ‘तरबजारीकरणको त्यति धेरै समस्याछैन । बाहिरबाटपनिआयातभइरहेको छ ।यसलाई उच्चमूल्यप्राप्तगर्नेखालको उत्पादन सुरु हामीगर्छौं ।बिस्कुट,केक जस्ता खाद्यबस्तु उत्पादनभइरहेको छ ।कोदोको उत्पादनबढाउन रासायनिकमलप्रयोगनगरेको राम्रो हो ।नेपालीउत्पादनले नेपालीबजारमा नै पुगेको छैन । यो वर्षपनिझण्डै ७२ करोड जतिको कोदो बाहिरबाटनेपालआइसकेको छ । तर केहीकम्पनीहरुले बाहिर पनिपठाइरहनु भएको छ ।नेपालको उत्पादनले पुग्नेगरी हामीअगाडिजानुपर्छ ।’

त्यस्तै,बालीविकास तथाकृषिजैविकविविधता संरक्षणकेन्द्र, प्रमुखकेशब देवकोटाले स्वास्थ्यमा कोदोको परिकारको प्रयोयएकदमै महत्वपूर्ण रहेको प्रष्टपारे ।

उनले भने,‘कोदोमापौष्टिकतत्वबढीहुन्छ ।प्रोटिन धेरै पाइन्छचामलको तुलनामा यो धेरै उपयोगीछ ।क्याल्सियम,पोटासियमपनिएकदमै बढीरुपमापाइन्छ ।’

उनले भने,‘धानलगाउनेसिजनमा नै कोदोको खेतीलगाउन सकिन्छ ।विशेष गरेर पाखो बारीहरुमासहजै लगाउन सकिन्छ ।धेरै पानीपनिआवश्यकपर्दैन् । मेहेनतपनि धेरै गर्न पर्दैन् ।अहिले मधेसमापानीनपर्नाले धान रोपाँइसोचेजतिहुन सकेको छैन। यस्तो अवस्थामा कोदो रोप्न सक्छौं ।’

‘नेपालमापहाडीक्षेत्रहरु धेरै भएकाले पाखोबारीलाई सदुपयोगगर्न सकिन्छ ।उत्पादनपनिबढाउन सक्छाँै ।जलवायुमैत्रीबालीको रुपमाविस्तार गर्न सक्छौँ ।हिजोआजसहरका मानिसहरुले कोदोलाई खोजीखोजीखानथालेकाछन् । त्यसैले यसलाई विविधिकरणगर्ने, परिकारहरु बनाउने कामहरु भइरहेकाछन् ।होम स्टेहरुमाझनै लोकप्रियभएको छ,’उनको भनाइछ ।

सामान्य मेहेनतले पनि कोदो उत्पादनहुने भएकाले कोदो उपयोगीर सजिलो बाली रहेको विज्ञहरुको भनाइछ । तर अब कोदोको विकास र प्रवद्र्धन गर्नेखालकानीतिहरु ल्याउनुपर्नेमाउनीहरुले जोड दिएकाछन् ।

कोदो अहिले २ लाख २५ हजार हेक्टर जमिनमाखेतीभइरहेकाले आयातघटाएर निर्यात बढाउनुपर्ने सरोकारवालाहरुको भनाइछ ।यतिबेलानेपालमा कोदोे ठूलो मात्रामाआयात र न्यूननिर्यातबाटगुज्रिएको अवस्थामारहेको विज्ञहरुको भनाइछ ।
कृषितथ्याङ्कआर्थिक वर्ष २०८०÷८१ अनुसार दुई लाख २४ हजार ८ सय ३५ हेक्टर क्षेत्रफलमा कोदो खेतीभएको छ ।भने तीनलाख सात सयमेट्रिकटनकोदो उत्पादनभएको छ ।

७६ करोड ६३ लाख रुपैयाँ बराबरको १८,३१६मेट्रिकटन कोदोजन्यउत्पादनआयातभएको छ भने ९४ लाख बराबरको ७० मेट्रिकटनमात्रनिर्यातभएको छ । यसरी सरकारले कोदोलाई प्राथमिकतामा राख्ने यो पहलले उत्पादनबढाई आयातमाकमिहुने सम्भावनादेखिएको छ ।

कोदोको उत्पादन वृद्धिको लागिउत्पादन र विविधीकरणमासरकारी तथानिजीक्षेत्रको सहकार्य अपरिहार्य देखिएको छ ।

प्रकाशित मिति: २०८२ श्रावण १७, शनिवार ०९:४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको