काठमाडौं ,साउन २० । साताको तेस्रो कारोबार दिन मंगलबार शेयर बजारमा ४१ अंकको गिरावट आएको छ ।
आज नेप्से परिसुचक ४१।७८ अंकले घटेर २८३३।५७ बिन्दुमा झरेर रोकिएको छ । केहिदिन अघि सम्म तीन हजार बिन्दु नाघेको नेप्से पछिल्ला केहि दिनयता निरन्तर ओरालो यात्रामा छ ।
यस दिन कुल ३२५ स्टकको ९ अर्ब ३३ करोड ३९ लाख ८८ हजार ४८१ रुपैयाँ बराबरको २ करोड २२ लाख ७ हजार १४२ कित्ता शेयर कारोबार भएको छ । सोमबार १० अर्ब ८२ करोड २४ लाख रुपैयाँको २ करोड ७१ लाख ६९ हजार कित्ता शेयर कारोबार भएको थियो ।
आज सेन्सेटिभ इन्डेक्स ६।५१ अंकले घटेको छ । फ्लोट इण्डेक्स २।७७ अंकले घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स भने २।२६ अंकले घटेको छ ।
यसदिन समाज लघुवित्त र उन्नी सहकार्य लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । समाज लघुवित्तको शेयर प्रतिकित्ता १० प्रतिशतले बढेर २७४८।२० रुपैियाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी, उन्नती सहकार्य लघुवित्तको शेयर मूल्य प्रतिकित्ता १० प्रतिशतले बढेर २४९३।४० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
यसदिन थ्रिस्टार लघुवित्तको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य आज प्रतिकित्ता ९७।८५ रुपैयाँले घटेर ८८१।१० रुपैयाँमा अन्तिम कारोबार भएको छ । ट्रेड टावर कम्पनीको शेयर मूल्य प्रतिकित्ता ७५।९३ रुपैयाँले घटेर ९५७।२७ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
यसदिन हिमालयन रिइन्स्योरेन्स लिमिटेड, ट्रेड टावर, सिवम् सिमेन्ट र नाग्दी ग्रुप पावर लिमिटेडर बुटवल पावर कम्पनीको शेयर सबैभन्दा धेरै कारोबार भएको छ ।






