धुलो र हिलो रहित सडकको परिकल्पनालाई सार्थक तुल्याउन काम भइरहेको छः अर्थमन्त्री पौडेल



काठमाडौं , साउन २१। उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेले धुलो र हिलो रहित सडकको परिकल्पनालाई व्यहारिकरुपमा सार्थक तुल्याउन काम गरिरहेको बताएका छन् ।

बुधबार नाइमा नेपाल मोबिलिटी एक्स्पो– २०२५ को उद्घाटन गर्दै सडक निमार्णको सिलसिलामा धुलोर हिलो रहित सडकको परिकल्पना पुरा गर्न काम गरिरहेको बताएका हुन् ।

उनले भने, ‘अब हामी सडकको सन्दर्भमा धुलो रहित सडक र हिलो रहितको परिकल्पना मात्र गरिरहेका छैनौ त्यसलाई व्यहारिक रुपमा सार्थक तुल्याउदै छौ । हामी सडक निमार्णको सिलसिलामा गुणस्तरमा पनि जोड दिइरहेका छौ।

अर्थमन्त्रीपौडेलले चालु आर्थिक वर्षको बजेटमा सडकको गुणस्तर बृद्धिका साथै भु–बनोट अनुसार बिसिसि वा आरसिसिको आवश्यकता अनुसार सडक निर्माण गरिने बताए ।

‘चालु आर्थिक वर्षको बजेटमा हामीले प्रस्ताव गरेका छौ कि अव सडकको गुणस्तर सुनिश्चित गर्ने हिसाबले खासगरिकन त्यस्ता ठाउँहरु जहाँको भु–बनोटले आरसिसि कस्ट्रक्सनको डिमान्ड गर्छ । सिमेन्ट, रोडा, डण्डिको आवश्यकता पर्छ त्यो हिसाबले बिसिसि वा आरसिसि गरेर हामीले सडक निमार्ण गर्नुपर्छ,’ उनले भने ।

प्रकाशित मिति: २०८२ श्रावण २१, बुधबार १५:०९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको