राकेश यादव
गौर, साउन २७ । जिल्ला प्रहरी कार्यालय रौतहटले रकम दुरूपयोग गर्ने एलआईसी नेपाल बिरुद्ध जाहेरी दरखास्त दर्ता गर्न नमाने पछि पीड़ित झन पीड़ामा परेका छन । लाइफ इन्स्योरेन्स कार्पोरेशन नेपाल लिमिटेडले बीमाको रकम गरेको अनियमितता बारे जाहेरी प्रहरीले लिन इन्कार गरेको कारन पीड़ित अभिकर्ता न्यायको लागि भौतारीरहेका छन ।
पीड़ितले रकम दुरूपयोग गर्ने एलआईसी बिरुद्ध बिभिन्न निकायमा गुहार लगाएपनि अहिले सम्म सो बिषयमा कुनै निकायले छानविन नगरेको गुनासो पीड़ित अभिकर्ता सत्येंद्र पाण्डेयको रहेको छ । गौर नगरपालिका वड़ा नंबर ८ निवासी पांडेयले बिगत ३ वर्ष देखि आवाज उठाउदै आएका छन । तर उनको आवाज कसैले सुन्न नसकेको दुःख व्यक्त गरेको छ ।
भारतीय लाइफ इन्स्योरेन्स कार्पोरेशनको लगानीमा सञ्चालन रहेको लाइफ इन्स्योरेन्स कार्पोरेशन नेपाल लिमिटेडको कार्यालय काठमाडौँ ,रौतहट शाखा , संचालकहरु डाइरेक्टर सिद्धार्थ मोहथी , रत्नाकर पटनौक , अशोक अग्रवाल ,प्रबीन कुमार मोली , रत्नकार पाठक ,सीईओ प्रणय कुमार , पव्लिक डाइरेक्टर कोमल अग्रवाल , व्यवस्थापक अनिवार्ण दत्त , क़ानूनी सलाहकार सुदर्शन गिरी , सुचना अधिकारी प्रकाश बहादुर उपाध्याय , मार्केट प्रमुख ममता पौडेल , रौतहट शाखा प्रमुख बिपिन कुमार साह , नेपाल बिमा प्राधिकरण लाइ विपक्षी बनाएर दिएको जाहेरी प्रहरीले दर्ता गर्न नमानेको पाण्डेयले बताए ।
एलआई सी नेपालले सन २०२० जनवरी देखि डिसेम्बर सम्म सञ्चालन गरेको बीमित गर्ने कार्यक्रम अंतर्गत कोड ९५८२६ बी ००७ अंतर्गत शाखा कार्यालय गौरमा ७९ जनाको बीमित गर्दा दिएको पहिलो किस्ताको ७७ लाख ९८ हजार २१२ रुपैया शाखा प्रमुख बिपिन कुमार साहले आफ्नो आमा बूबा छोरा तथा नातेदारहरुको नाउँमा झूठो अभिलेख खड़ा गरी रकम हिनामिन्हा गरेको आरोप पाण्डेयको रहेको छ ।
रकम ठगी गरेको अभिलेख अंतर्गत रहेका १७ जनाको नामाबली बाट प्रमाणित हुँदा पनि सम्वन्धित निकायले छानविन गर्न बाट पन्छी रहेको टिप्पणी गरेका छन । अभिकर्ता पाण्डेयले पाउनु पर्ने रकम १३ लाख तथा प्राथमिक सेवा सुबिधाको १४ लाख रकम गैर क़ानूनी प्रकियाबाट शाखा प्रमुख साहले कट्टा गरी डिजिटल प्रणालीबाट समेत रद्द गरेको दावी पीड़ितको रहेको छ ।
जिल्ला प्रशासन कार्यालय रौतहट, मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधाम, जिल्ला सरकारी कार्यालय रौतहट, गृह संचार तथा कानून मन्त्रालय मधेश प्रदेश सरकार,नेपाल सरकारको गृह मंत्रालयले जाहेरी दरखास्त दर्ता गरी अनुसन्धान गर्न पत्राचार गरेपनि जिल्ला प्रहरी कार्यालय रौतहटले कुनै चासो नदेखाएको आरोप बताए ।
कानून बिपरीत किर्ते ऋणी बनाएर एल आईसी नेपालकै नाउमाँ चेक त्यार गरी रकम अनियमितता गरेको जाहेरी दरखास्तमा उल्लेख गरिएको छ । बिमा लेख नम्बर २५७१२२१३ सीता देवी खडका चंद्रपुरको बिमालेखबाट गैर क़ानूनी रुपमा ऋण स्वीकृत गरी एल आई सी नेपालको नाममा चेक त्यार गरी शतप्रतिशत बिमा कम्पनी आफै चलाएको र २०८० साउन ७ गते राजविराज सेंचुरी बैंक मार्फत सवा व्याज सहित ३ लाख ४४ हजार ७८३ रुपैया जम्मा गराएको पुस्टि समेत पेशागत अभिकर्ता संघ ले गरी सकेको उनले बताए ।
जीवन सुरक्षित होस भने उदेश्यले विस्वास गरी बीमा गराउने गरेकोमा विमा कम्पनीले नै बीमितको रकम अपचलन गर्न लागे पछि जनताको विस्वास कम्पनी माथि गर्न सकिने अवस्था नरहने भनाइ पीड़ितको रहेको छ ।
जम्मा गराएको रकम अनियमितता गरेपछि ऋणले थीचिएको अवस्था रहेको बताउँदै अभिकर्ता पाण्डेयले न्याय नपाए आत्म हत्या गर्ने चेतावनी समेत दिएका छन । उनले भने ऋणले मानसिक तनाव उत्पन्न भएको छ कुन बेला के गर्न सक्छु थाह छैन । जिल्ला प्रहरी कार्यालयमा जादा प्रहरी नायव उपरीक्षक दीपक कुमार रायले जाहेरी दरखास्त दर्ता हुदैन परमादेश गराएर ल्याउनु भनी जवाव दिएको सुनाए ।
बीमितको रकम लूट मच्चाउने बिमा कम्पनी एल आई सी नेपाल लिमिटेड माथि क़ानूनी कारवाही गरिएन भने अरु बीमितहरु यसको शिकार हुन सकिने उनले दावी गरेका छन ।




