समाजलाई राम्रो मार्गमा अगाडिबढाउनको लागिमहिलाहरुको भूमिकामहत्वपूर्ण:मन्त्री सिंह



काठमाडौं,भदौ २ । उपप्रधानएंव सहरी विकास मन्त्रीप्रकाशमान सिंहले समाजलाई राम्रो मार्गमा अगाडिबढाउनको लागिमहिलाहरुको भूमिकामहत्वपूर्ण भएको बताएकाछन् ।

सोमबार काठमाडौंमा आयोजितनेपालकाविशिष्टमहिलाहरुको ऐतिहासिकफोटो प्रदर्शनीको उद्घाटनगर्दै उनले घर देखि समाजलाई राम्रो मार्गमा अगाडिबढाउनको लागिमहिलाहरुको भूमिकामहत्वपूर्णभएको भन्दै यसलाई हल्कामालिननहुने बताए ।

उनले भने, ‘महिलाहरुको हकअधिकारको बारेमा कुरा गर्दा यसको लागि संगठनआवश्यक हुन्छ । समाजमामहिलाहरुको धेरै नै ठूलो योगदान छ । घर देखि बाहिर सबै ठाँउमामहिलाको सहभागितामहत्वपूर्ण छ । समाजलाई राम्रो मार्गमा अगाडिबढाउनको लागिमहिलाहरुको भूमिकापनि महत्वपूर्ण हुन्छ । यसलाई हामीले हल्कामालिनु हुदैँन् जस्तो लाग्छ ।’
यस्तै, उनले नारीको शक्तिको बारेमा बुझेर मात्रहोईन नारी शक्तिलाई सम्मानपनि गर्न जान्नु पर्ने भन्दैसमाजलेमहिलाहरुको कदर बुझ्नु पर्ने बताए ।

उनले भने, ‘नारीको शक्तिकति छ भन्ने कुरा हामी सबैले देखेका छौ तर नारी शक्तिको बारेमा बुझेर मात्रभएन, नारी शक्तिलाई सम्मानपनि गर्न जान्नु पर्छ भन्ने कुरालाई आजको फोटो प्रदर्शनीले सन्देश दिएको छ । महिलाहरुको कदर समाजले पनि गर्न जान्नु पर्छ ।’

साथै, उनले समाजलाई सहि दिशातर्फ लानको लागिपनि सबैले आफ्नो स्थानबाटप्रयास गर्नुपर्ने बताए ।

प्रकाशित मिति: २०८२ भाद्र २, सोमवार १७:०५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको