व्यवसाय र मानवअधिकार संरक्षणमाप्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्रीकार्की



विराटनगर,भादौ ४।कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले व्यवसाय र मानवअधिकारलाई सँगै अघिबढाउनु आजको आवश्यकताभएको बताएका छन् ।

बुधबार विराटनगरमाआयोजितकार्यक्रममामुख्यमन्त्रीकार्कीले श्रमिक, उद्यमी र उपभोक्ताको अधिकार सुरक्षितभएमात्रप्रदेशको दिगो विकास सम्भवहुने औंल्याउँदै राज्यको मात्रहोइन, निजीक्षेत्र, नागरिक समाजर सर्वसाधारण सबैले समान रूपमाजिम्मेवारी वहन गर्नुपर्नेबताएकाहुन् ।

उनले अन्तर्राष्ट्रिय सन्धिर सम्झौतासँगमेलखाने गरी कानुननिर्माणको तयारी भइरहेको जानकारी दिंदै नेपालविश्वमै व्यवसाय र मानवअधिकारको अभ्यासमाअगाडि रहे पनित्यसको उचितश्रेयलिननसकेको गुनासो गरेकाछन् ।

‘सहयोग र साझेदारी बिना परिणामआउँदैन, त्यसैले अब सबै मिलेर सकारात्मकपहलगर्न जरुरी छ,’उनले भने ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रालयर संयुक्त राष्ट्रसंघीयविकास कार्यक्रमको संयुक्तआयोजनामाभएको कार्यक्रममाव्यवसाय र मानवअधिकार सम्बन्धी राष्ट्रियकार्ययोजना२०८०÷८५ को कार्यान्वयनबारे छलफल गरिएको थियो।
सो अवसरमाप्रदेशका सामाजिकविकास मन्त्रीपाँचकर्ण राईले सरकार र निजीक्षेत्रको सहकार्य भएमात्रमानवअधिकारको संरक्षण र व्यवसायिकवातावरणदुवै सुदृढ हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति: २०८२ भाद्र ४, बुधबार १४:५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको