राहुल-तेजस्वीमाथि मनीष वर्माको कटाक्ष , परिवार सम्भाल्न नसक्ने ले बिहार कसरी सम्भाल्छन ?



एजेन्सी, भदौ ९ । जनता दल (युनाइटेड) का राष्ट्रिय महासचिव मनीष वर्माले राहुल-तेजस्वीमाथि कटाक्ष गर्दै परिवार सम्भाल्न नसक्नेले विहार कसरी सम्भाल्छन भनि प्रश्न गरेको छ।

दरभंगाको बेनीपुरमा आयोजित एनडीए कार्यकर्ता सम्मेलनलाई सम्बोधन गर्दै उनले विपक्षी दलका नेतामाथि यस्तो कटाक्ष गरेका हुन । उनले कांग्रेस नेता राहुल गान्धी र राजद नेता तेजस्वी यादवलाई कटाक्ष गर्दै भने , ‘ “जो आफ्नो परिवारलाई नै एकजुट राख्न सकेनन्, ती बिहारलाई के एकताबद्ध राख्न सक्ने?”

मनीष वर्माले तेजस्वी यादवलाई “मुख्यमन्त्री बन्ने मात्र आकांक्षा राख्ने युवराज” भन्दै उनीसँग बिहारप्रति कुनै सरोकार नभएको आरोप लगाए। त्यस्तै, राहुल गान्धीमाथि व्यंग्य गर्दै भने— “देश बुझ्न नसक्ने, विदेश यात्रामै व्यस्त रहने नेताबाट जनताले के अपेक्षा गर्ने?”

उनले मुख्यमन्त्री नीतीश कुमारको नेतृत्वमा भएको विकासलाई स्मरण गर्दै सडक, बिजुली, शिक्षा र कानून–व्यवस्थामा उल्लेख्य सुधार भएको दाबी गरे। वर्माले भने— “अब बिहार औद्योगिक क्रान्तितर्फ अघि बढिरहेको छ र आगामी पाँच वर्षभित्र राज्यमा ठूलो परिवर्तन देखिनेछ।”

प्रकाशित मिति: २०८२ भाद्र ९, सोमवार ०८:२८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको