कोशीप्रदेशकामुख्यमन्त्री र इजरायली राजदूतबीच भेट, कृषि र रोजगारमा सहकार्य बढाउने



विराटनगर,भादौ ११ । कोशीप्रदेशकामुख्यमन्त्रीहिक्मतकुमार कार्की र इजरायली राजदूतश्मुलिकआरि बासबीचमुख्यमन्त्रीतथामन्त्रिपरिषद्को कार्यालय, विराटनगरमा भेटवार्ता भएको छ ।

सो अवसरमा मुख्यमन्त्रीकार्कीले नेपाल–इजरायलबीचको ऐतिहासिकमित्रता रहेको उल्लेख गर्दै यसलाई अझगाढाबनाउँदै अघिबढाउनआवश्यक रहेको बताए । उनले कृषि, श्रम रोजगार र स्वास्थ्य क्षेत्रमादुवै देशबीचमुख्य सहकार्य भइरहेको जानकारी दिँदै नेपालीहरू इजरायलमामुख्यतया कृषि र केयरगिभर क्षेत्रमाकार्यरत रहेको र यसलाई अझव्यवस्थितबनाउनुपर्नेमा जोड दिएकाछन् ।

मुख्यमन्त्रीकार्कीले इजरायलमाभएको आधुनिककृषिप्रविधि र नवप्रवर्तनकाअनुभवलाई नेपालमाउपयोगीबनाउन सकिने उल्लेख गर्दै कोशीप्रदेश पनि सहकार्य गर्न तयार रहेको स्पष्टपारेका छन् । उनले कृषिउत्पादनको दृष्टिले कोशीप्रदेशमाप्रचुर सम्भावना रहेको र युवालाई कृषिउद्यमशीलतामा प्रेरित गर्न प्रदेश सरकारले ब्याजअनुदानदिने व्यवस्था गरेको जानकारी दिए ।

अन्तरक्रियामामुख्यमन्त्रीकार्कीले कृषकलाई शैक्षिकतथाव्यावहारिक तालिमउपलब्ध गराएर प्रदेशको आर्थिक विकासमा योगदान पु¥याउन सकिने विश्वास व्यक्त गरेका छन् । साथै, नेपालीयुवाबिपिन जोशीको रिहाईका लागि इजरायली सरकारमार्फत पहल गरिदिनपनिआग्रह गरेका छन् ।

इजरायली राजदूतश्मुलिकआरि बासले नेपाल–इजरायलको सम्बन्ध पुरानो र गाढा रहेको उल्लेख गर्दै, पहिलो जननिर्वाचितप्रधानमन्त्रीबीपी कोइरालाको पालादेखि सम्बन्ध सुमधुर रहेको स्मरण गराउँदै कृषि र केयरगिभर क्षेत्रमाकाम गर्ने अवसरहरू इजरायलमा रहेको र सहकार्यको लागितयार रहेको जानकारी दिएकाछन् ।

प्रकाशित मिति: २०८२ भाद्र ११, बुधवार १४:३७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको