पर्यटकीय सम्भावनाबोकेको सुदूरपश्चिमालगानी गर्न मन्त्रीपाण्डेको आह्वान



काठमाडौं ,भादौ १३। संस्कृति, पर्यटनतथानागरिक उड्डयनमन्त्रीबद्री प्रसाद पाण्डेले सुदूरपश्चिमको पर्यटकीय पूर्वाधारमा लगानीकालागिआह्वान गरेका छन् ।

शुक्रबार सुदूरपश्चिमलगानीतथाविकास सम्मेलनको पूर्वसन्ध्यामा संस्कृति, पर्यटनतथानागरिक उड्डयनमन्त्रालय र सुदूरपश्चिम सरकारसँगको आयोजना र नेपाल पर्यटनबोर्डको सहकार्यमा भएको पर्यटन

क्षेत्रसम्बन्धीछलफलतथाअन्तक्रियाकार्यक्रममामन्त्रीपाण्डेले सुदूरपश्चिम पर्यटक आकर्षणकामुख्यआधार नेचर, कल्चर र एड्भेन्चरको समिश्रणभएको बताउँदै लगानीकालागिआह्वान गरेकाहुन् ।

उनले भने,‘सुदूरपश्चिम पर्यटक आकर्षणकामुख्यआधार नेचर, कल्चर र एड्भेन्चरको समिश्रणभएको प्रदेश हो । सुदूरपश्चिकाथुप्रै पर्यटकीय सम्भावनाहरु उजागर भइरहेका छन् । यस लगानी सम्मेलनमार्फत् सुदूरपश्चिमका पर्यटकीयपूर्वाधारमा लगानी गर्न लगानीकर्ताहरुलाई आह्वानपनिगर्दछु ।’

मन्त्रीपाण्डेले लगानी सम्मेलनको सम्पूर्ण आयामहरुमार्फत् पूर्ण तयारीमाउल्लेख गर्दै भने,‘हामीले यसकालागिनिजी क्षेत्रलाई विश्वासमालिने र लगानीको वातावरणसिर्जना गर्न कानुनीउल्झन समाधान गर्ने र लगानीमैत्रीनीतिबनाउनेतर्फ ध्यानदिनुपर्दछ ।’

सुदूरपश्चिको पर्यटनविकासकालागि सूदूरपश्चिममा नेपाल पर्यटनबोर्डको कार्यालय यहीवर्ष स्थापना गर्न बजेट विनियोजन गरिएको पनिमन्त्रीपाण्डेले जानकारी गराए ।

त्यसैगरी सुदूरपश्चिमकामुख्यमन्त्रीकमलबहादुर शाहले सुदूरपश्चिम सरकार निजी क्षेत्रलाई लगानीकालागि स्वागत गर्न आतुर रहेको उल्लेख गरे ।

उनले भने,‘हामी सुदूरपश्चिमका सम्भावनाहरुलाई लगानी सम्मेलनमार्फत् राष्ट्रियअन्तर्राष्ट्रियस्तरमा चिनाउनचाहन्छौं । यसकालागि स्वदेशकानिजी क्षेत्रलाई लगानीकालागिआवश्यककानुनीतथालगानी सुरक्षाको ग्यारेन्टीहामीलिनतयार छौं ।’

मुख्यमन्त्रीशाहले लगानी सम्मेलनमा सहभागीहुन र त्यहाँका सम्भावनाको अध्ययनगर्दै लगानी गर्न आह्वानगरेका हुन् ।
सुदूरपश्चिममाआगामीमंसिर १ र २ गते धनगढीमालगानी सम्मेलन आयोजनाहुने भएको छ । यसै सन्दर्भमा विभिन्नविधामालगानीकालागि सुदूरपश्चिम सरकार काठमाडौंमा आएर विभिन्ननिकायसँगछलफल गरिरहेको छ ।

शुक्रबार बिहान संस्कृति, पर्यटनतथानागरिक उड्डयनमन्त्रालयको सभाहलमाभएको अन्तक्र्रिया कार्यक्रममा सुदूरपश्चिम सरकारका तर्फबाट सुदूरपश्चिममा पर्यटकीय सम्भावना र लगानीको वातावरणको स्थितिबारे प्रस्तुतीकरण गरिएको थियो ।

अन्तक्र्रिया कार्यक्रममाबोल्दै नेपालहोटलव्यवसायी संघकाअध्यक्षविनायकशाह, नेपाल पर्यटनबोर्डका प्रमुखकार्यकारी अधिकृत दीपकराज जोशी, नाटाका सीईओ यूविका राजभण्डारी, एनएमएकाउपाध्यक्षठाकुर राजपाँडे, सिद्धार्थ होटलएण्डग्रुपअफकम्पनीका सीईओ कृष्णन्यौपाने, टानकामहासचिव रामप्रसाद सेढाई, नेपालउद्योग परिसंघको पर्यटन समिति सभापतिपम्फाधमला, नाराकामहासचिव देवराज जोशीलगायत पर्यटन सम्बद्धनिकायकाप्रमुखतथाप्रतिनिधिहरुको सहभागिता रहेको थियो । पर्यटनसम्बन्धी सरोकारवालानिकायकाप्रमुखतथाप्रतिनिधिहरुले सुदूरपश्चिममालगानी गर्न आफूहरु तयार रहेको भएपनि सरकारले आवश्यकनीति र लगानीको क्षेत्र पहिचान गर्नुपर्ने सुझावदिएकाहुन् ।

सरकारले पछिल्लो समय सुदूरपश्चि र कर्णालीप्रदेशकाहिमालहरुको आरोहणदुई वर्षका लागिनिःशुल्क गरेको छ । सुदूरपश्चिमकापछिल्लो समयधनगढीविमानस्थलको स्तरोन्नती र कञ्चनपुर विमानस्थलनिर्माणको अन्तिम चरणमा रहेको छ । छलफलमा सुदूरपश्चिमधार्मिक दृष्टिले पनि पर्यटकीय सम्भावनाबोकेको क्षेत्र भएको उल्लेख गर्दै लगानीकालागिआह्वान गरिएको हो ।

 

 

प्रकाशित मिति: २०८२ भाद्र १३, शुक्रवार १३:३५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको