अर्थमन्त्री पौडेल र विश्व बैंककाउपाध्यक्षजुटबीचशिष्टाचार भेट



काठमाडौं,भादौ १७ । उपप्रधानमन्त्रीएवं अर्थमन्त्रीविष्णुप्रसाद पौडेल र विश्व बैंककादक्षिणएशिया क्षेत्र हेर्ने उपाध्यक्ष जोहानेस जुटबीचशिष्टाचार भेटघाटभएको छ ।

मंगलबार अर्थ मन्त्रालयमाभएको भेटमा अर्थतन्त्र, शहरी भौतिकपूर्वाधार, लगानी, पर्यटन, वातावरणलगायतकाविषयमाछलफलभएको छ ।

अर्थमन्त्रीपौडेलले गतवर्षको तुलनामा अर्थतन्त्रका सुचकहरुमाउल्लेखनीय सुधार आएको जानकारी दिँदै नेपालले नीतिगत, संरचनागत, निर्णय र कार्यान्वयनप्रकृयामा सुधार गरेको बताए ।

उनले विश्व बैंकले आगामी ६ वर्षका लागितयार पारेको कन्ट्रीपार्टनरसीप फ्रेमवर्क नेपालमाविकासको आवश्यकता र सरकारको प्राथमिकतासँगतादम्य रहेको उल्लेख गर्दै फ्रेमवर्क अनुसारका आयोजनातथाकार्यक्रमतर्जुमा गर्न सरकार विश्व बैंकसँगमिलेर काम गर्न चाहेको बताए ।

अर्थमन्त्रीपौडेलले वैकल्पिकविकास वित्त परिचालनविधेयकप्रतिनिधिसभाबाटपारित भइ राष्ट्रिय सभामाछलफलमा रहेको जानकारी गराउँदै विधेयकपारित भएसँगै निजी क्षेत्रसँगमिलेर प्रतिफलदिने आयोजनाहरुमालगानी गर्ने बताए। उनले विधेयकको लक्ष्यअनुसार अघिबढ्न विश्व बैंकबाट सहयोगको अपेक्षा गरे ।

विश्व बैंककादक्षिणएशिया क्षेत्र हेर्ने उपाध्यक्षजुटले नेपालमाउच्चआर्थिक वृद्धिदर हुने गरी विश्व बैंकले सहयोग गर्ने बताए ।उनले विश्व बैंकले लुम्बिनी, काठमाडौं उपत्यकाको शहरी पूर्वधार, वातावरणीयप्रदुषणन्यूनीकरण र आर्थिक वृद्धिकालागि सहयोग गर्ने भन्दै निजी क्षेत्रलाई पनि साथमालिएर अघिबढ्नु पर्ने धारणाव्यक्त गरे ।

उपाध्यक्षजुटले नेपालको अर्थतन्त्रका परिसूचकहरु सुधार हुनु सकारात्मकभएको उल्लेख गर्दै नेपालकालागिलगानीअझबढाउन जरुरी भएकोबताए ।

उनले वैकल्पिकविकास वित्त परिचानन सम्बन्धीकानून बनेसँगै पूर्वाधार क्षेत्रमालगानीकालागिथपनयाँ क्षेत्रहरु पहिचानहुन सक्ने विश्वास व्यक्तगर्दै निजीक्षेत्रको लगानीआकर्षित गर्न र आर्थिक वृद्धिकालागिमहत्वपूर्ण भूमिकानिर्वाह गर्न सहयोग पुर्याउने बताए । उनले लगानी र उत्पादकत्ववृद्धिमा केन्द्रितहुनपनि सुझावदिएकादिए ।

प्रकाशित मिति: २०८२ भाद्र १७, मंगलवार १३:२४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको