आज प्रतितोला दुई हजारले बढ्यो सुनको मूल्य



काठमाडौं ,भादौ १८ । नेपाली बजारमा आज(बुधबार) सुनको मूल्य प्रतितोला दुई हजारले बढेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले बढेर प्रतितोला दुई लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ५ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य भने ५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला दुई हजार ४ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

 

प्रकाशित मिति: २०८२ भाद्र १८, बुधवार ११:३२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको