रामेछाप,भादौ १९ । रामेछापको मन्थलीनगरपालिका–२, ५, ६ र ८ नम्बर वडाका १९ जनामहिलालाई सिलाइ मेसिनवितरण गरिएको छ ।
मन्थलीनगरपालिकाकीउपप्रमुखईश्वरी बस्नेतको प्रमुखआतिथ्यतामाआयोजितकार्यक्रममा सामुदायिकविकास समाज (सिडिएस) ले ७२ दिने सीप विकास तालिम पूरा गरेका महिलालाई प्रतिव्यक्ति १८ हजार रुपैयाँ बराबरको सिलाइ मेसिनहस्तान्तरण गरेको हो ।
सिडिएसकाकार्यकारी निर्देशकमिलनकुमार घिसिङका अनुसार प्राविधिकतथाव्यावसायिक सीप र कृषितालिममार्फत ग्रामीण भेगमा रोजगारी सिर्जना र उद्यमशीलताप्रवद्र्धन गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो ।
उनले भने, ‘ग्रामीणमहिलाको सीपविकासमार्फत आर्थिक सबलीकरणमा योगदानपुगोस् भन्ने हेतुले सिलाइ मेसिनहस्तान्तरण गरिएको हो ।’
कार्यक्रममाउनले सिडिएसले चाइल्डफण्ड नेटवर्कको सहयोगमाग्रामीण क्षेत्रकामहिलातथायुवालाई लक्षित गरी सीप विकासकाविभिन्नकार्यक्रम सञ्चालनगर्दै आएको जानकारी दिए ।
सिलाइ मेसिनवितरणगर्दै मन्थलीनगरपालिकाउपप्रमुखबस्नेतले महिलालाई सिकेको सीपलाई व्यवहारमा उतारी आत्मनिर्भर बन्नआग्रह गरिन् । ‘सिपसिकेर त्यसलाई व्यवहारमा उतार्न सके आर्थिक सबलीकरणमात्रहोइन, समाजमाउदाहरणीयभूमिकानिर्वाह गर्न सकिन्छ,’उनले भनिन् ।
नगरपालिकाले पनिमहिलालक्षित सीपविकास कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएको उनले बताइन् । बस्नेतले यस्ताकार्यक्रमले ग्रामीणमहिलाको जीवनस्तर उठाउन गर्न मद्दत गर्ने विश्वास व्यक्त गरिन् ।




