रामेछाप,भादौ २२ । वाग्मतीप्रदेशकामुख्यमन्त्रीइन्द्रबहादुर बानियाले भूमि समस्या समाधान को लागिवाग्मतीप्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
आइतबार भूमि समस्या समाधानआयोग रामेछापसँगको छलफलमा बोल्दै मुख्यमन्त्रीबानियाले भूमि सम्बन्धी समस्या समाधानको लागि सरकारले आयोग बनाएको बताए ।
आयोगलाई काम गर्ने क्रममा धेरै समस्याभएको बताउँदै उनले ती समस्या समाधान गर्न वाग्मतीप्रदेश सरकारको तर्फबाट सबै प्रयास गरिने बताए ।
कार्यक्रममाभूमि समस्या समाधानआयोग रामेछापका अध्यक्षगौतमकुमार लामाले आयोगले जिल्लामाहालसम्म गरेका काम र काम गर्ने क्रममाआएकाचुनौतीबारे मुख्यमन्त्रीबानियालाई जानकारी गराएकाथिए ।
समस्या सुनेपछि मुख्यमन्त्रीबानियाले आफूले समस्याा सुनेको बताउँदै त्यसको समाधानको लागि सक्दो प्रयास गर्ने बताए । ‘मैले यहाँका समस्या सुने, समस्या समाधानकालागि के गर्न सकिन्छ सुझावपनिपाइयो, यहाँबाट फर्किएपछि समस्या समाधानको लागि जे गर्न सकिन्छ म गर्छु’, उनले भने ।
कार्यक्रममा रामेछापका प्रमुखजिल्लाअधिकारी श्यामकृष्ण थापा, आयोगकाजिल्ला सदस्यहरू लगायतको सहभागिताथियो ।






