आन्दोलनमा घाइते भएकाहरुकोकाठमाडौँ मेडिकलमानि : शुल्क उपचार



काठमाडौं ,भादौ २३। जेन–जी आन्दोलनका क्रममा घाइते भएका युवासहित प्रहरी र सर्वसाधारणको निःशुल्क उपचार काठमाडौँ मेडिकल कलेजले सुरु गरेको छ।

नेपाली कांग्रेसका सांसद डा.सुनिल कुमार शर्मा नेतृत्वको अस्पतालले विज्ञप्ति जारी गर्दै आन्दोलनमा प्रभावित सबैलाई समान रूपमा उपचार गर्ने प्रतिबद्धता जनाएको हो ।

अस्पतालले ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको छिटो स्वास्थ्यलाभको कामना गरेको छ। यो कदमलाई सामाजिक वृत्तले मानवता र जिम्मेवारीको उदाहरणका रूपमा लिएका छन्।

प्रकाशित मिति: २०८२ भाद्र २३, सोमबार १७:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको