जनकपुरधाम, भदौ २४ । भ्रष्टाचार र बेथितिको विरोधमा शुरु भएको जेन–जी युवाहरुको आन्दोलन आज पनि जारी रहेको छ ।
सोमबार बाट शुरु भएको आन्दोलनको पहिलो दिन प्रहरीको गोलीबाट १९ जनाको मृत्यु भएपछि जेन–जी अगुवाहरुले आजपनि आन्दोलन जारी रहेको जनाएको छ ।
आज विहानै देखी जनकपुरधाम सहित देशको विभिन्न भागमा युवाहरुले आन्दोलनलाई निरन्तरता दिएको छ ।
जेन जी युवा कार्यक्रम संयोजकको नाममा पुरुषोत्तम यादव र सफल गौतमले विज्ञप्तिजारी गरि मंगलबार आन्दोलन जारी रहने जनाएको छ । उनिहरुले शान्तिपूर्ण आन्दोलनमा भएको घुसपैठका कारण अराजक अवस्था सृजना भएको जनाएको छ।
मंगलवार शहिदहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै आन्दोलन जारी राख्न उनिहरुले आह्वान गरेको छ ।
यसैबीच आन्दोलनका कारण निजी विद्यालय तथा कले्ज संचालकहरुको छाता संगठनले मंगलवार र बुधबार शै्रक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ ।




