मधेशका जिल्लाहरुमा आज पनि कफ्र्यु, संयमता अपनाउन अपील



जनकपुरधाम, भदौ २५ । जेनजी आन्दोलनको क्रममा भएको जनधनको क्षति नियन्त्रण गर्न मधेशका जिल्लाहरुमा आज पनि कफ्र्युलाई निरन्तरता दिइएको छ ।

सप्तरी, महोत्तरी, बारा, सर्लाही जिल्ला प्रशासन कार्यालय एका विहानै विज्ञप्ति जारी कफ्र्यु लगाएको जानकारी दिएका छन । बाँकी जिल्लाहरुमा पनि कफ्र्यु लगाउने बारे छलफल भइ रहेको स्रोतले जनाएको छ ।

धनुषाको सुरक्षा निकायका प्रमुखहरु अहिले छलफलमा रहेको जनाइएको छ ।

सुरक्षा कमाण्डको जिम्मा नेपाली सेनाले लिएपछि मधेशका सबै जिल्लाका सदरमुकामहरुमा सेना परिचालन गरि गस्तीलाई तीब्रता दिएका छन ।

यसै बीच प्रशासनले सर्वसाधारणलाई संयमता अपनाउन अपील गरेको छ ।

प्रकाशित मिति: २०८२ भाद्र २५, बुधवार ०८:४५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको