अन्तरिम सरकारलाई उपेन्द्र यादवको समर्थन



जनकपुरधाम, भदौ २८ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारलाई सहयोग र समर्थन रहने जनाएको छ।

समाजिक संजाल मार्फत नवनियुक्त प्रधानमन्त्रीलाई शुभकामना दिदै अध्यक्ष यादवले मुलुकमा कायम अराजकता, भ्रष्टाचार र अव्यवस्था जस्ता विकृतिको अन्त गरि सुशासन कायम गर्न एवं निर्धारित समयमा निर्वाचन गराउने कार्यमा सदैव सहयोग र समर्थन रहने जनाएको हो ।

उनले प्रधानमन्त्री कार्कीको नेतृत्वमा सङ्घीयता, लोकतन्त्र र गणतन्त्रका उपलब्धिको रक्षा गर्दै विधिको शासन स्थापित हुने विश्वास समेत व्यक्त गरेका छन् ।

साथै नेता यादवले आर्थिक, सामाजिक र राजनीतिक रूपमा सीमान्तकृत समुदायले न्याय पाउने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति: २०८२ भाद्र २८, शनिवार १३:०४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको