पूर्णीयामा प्रधानमन्त्री मोदीको र्‍याली, तोडियो भीडको रेकर्ड



एजेन्सी
पटना, भदौ ३१ । पूर्णियामा सोमबार सम्पन्न प्रधानमन्त्री नरेन्द्र मोदीको र्‍याली भीडको सबै रेकर्ड तोडेको छ । पाँच किलोमिटरसम्मको फोरलेन सडकमा उभिनेसम्मको ठाउँ थिएन । टाढाटाढाबाट आएका सर्वसाधारण, महिला र ज्येष्ठ नागरिकहरू मोदीलाई एक झलक देख्न आतुर देखिन्थे। सहभागीहरूले भने— “यस्तो ¥याली पहिले कहिल्यै देखिएको थिएन।“

पूर्वानुमान अनुसारै भीड असाधारण हुने भएकाले पूर्वनिर्धारित रंगभूमि मैदानबाट सभा स्थललाई शीशाबाडी एसएसबी क्याम्पमा सारिएको थियो। त्यहाँ पाँच–पाँचवटा ह्याङ्गर तयार पारेर दुई लाखभन्दा बढी मानिस बस्ने व्यवस्था गरिएको थियो। तर भीड सुरु भएपछि कुर्सी मात्र होइन, उभिने ठाउँसमेत अभाव भयो। ह्याङ्गर बाहिर पनि धक्कामुक्की सुरु भएपछि अन्ततः पूर्णिया–अररिया फोरलेन सडक नै मानिसहरूले भरिए।

सभा स्थल नजिक कुनै पार्किङ व्यवस्था नराखी कम्तीमा पाँच किलोमिटर टाढा पार्किङ गरिएको थियो। महिलादेखि ज्येष्ठ नागरिकसम्म पैदल हिँड्दै सभा स्थल पुग्न उत्साहित थिए। रुपौलीका सुखो मण्डल भन्छन्, “मोदीलाई हेर्न सकिन्छ भने यो सानो कष्ट के हो र?”

किशनगन्जकी सुगनी देवी भन्छिन्, “प्रधानमन्त्रीलाई एकपल्ट देखेपछि र उहाँको भाषण सुनेपछि सारा थकाइ हराउँछ।” भीड र कीचडबीच धेरै महिलाहरूका चप्पलसम्म छुटे, तर तिनीहरूलाई यसको पर्वाह थिएन।

शहरका ७७ वर्षीय अधिवक्ता दिलीप कुमार दीपकले भने, “मेरो जीवनमा यत्तिको भीड भएको सभा कहिल्यै देखिएको थिएन।” अररिया निवासी ६० वर्षीय गिरिराज यादवले भने, “यो सभा सीमाञ्चलको राजनीतिक इतिहासमै सबैभन्दा ठूलो हो, पाँच लाखभन्दा बढी मानिस उपस्थित थिए।”

प्रधानमन्त्री दिउँसो १ बजे आउने भनिए पनि भीड नियन्त्रण गर्न समयबारे सूचना दिइएको थियो। त्यसकै कारण बिहानैदेखि जनसमुदाय बढ्दै गयो र दिउँसोसम्म ऐतिहासिक संख्यामा परिणत भयो।

कटिहारका ललित कुमारका शब्दमा— “यो नयाँ राजनीतिक इतिहास हो। नजिकै भविष्यमा यो रेकर्ड तोड्न कसैलाई सम्भव नहोला।”

प्रकाशित मिति: २०८२ भाद्र ३१, मंगलवार ०७:२९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको